Articles Posted on July 30th, 2012

  • एक छोरा र एक छोरी सहित खोलामा हामफालेर आत्महत्या

    एक छोरा र एक छोरी सहित खोलामा हामफालेर आत्महत्या

    पारिवारिक झगडाका कारण रुपन्देहीमा महिलाले एक छोरा र एक छोरी सहित खोलामा हामफालेर आत्महत्या गरेकी छिन्।रुपन्देहीको दयानगर गाविस ८ की २५ बर्षिया सुनमती चाईले स्थानीय सियारी खोलामा छोराछोरीसहित हाम फालेर आत्महत्या गरेकी हुन्। चाईले पांच बर्षका छोरा रामकुमार र एक बर्षिया छोरी राधिकालाई पनि साथमा लिई खोलामा हामफालेको प्रहरीले जनाएको छ।। पारिवारिक विवादका कारण उनले [...]

  • pasal-silbandhi

    हेटौडा अस्पतालको हाताभित्र रहेको औषधी पसलमा सिलबनदी

    हेटौडा अस्पतालको हाताभित्र रहेको साझा स्वास्थ्य सेवाले बिरामीलाई म्याद गुजि्रएको औषधि बिक्रि गरेको पाईएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले औषधी पसलमा आज सिलबनदी गरेको छ। साझाबाट खरिद गरेको औषधि म्याद गुजि्रएको पाइएको बिरामीले गुनासो गरेपछि प्रशासनले अनुगमन गरि औषधी पसलमा सिलवन्दी गरेको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत कपिल रेग्मीको नेतृत्वमा गएको अनुगमन टोलीले पसलमा [...]

  • arthik

    अर्थिक कुरा

    देशमा बिभिन्न चरणमा राजनीतिक परिवर्तनहरु भएपनि प्रशासनिक संरचना तथा काम गर्ने तरिकामा परिवर्तन हुन नसक्दा अपेक्षाकृत लक्ष्य हासिल गर्न नसकिएको अर्थमन्त्री वर्षमान पुनले बताउनुभएको छ। राजधानीमा आज आयोजित एक कार्यक्रममा अर्थमन्त्री पुनले देशमा ठूला राजनीतिक परिवर्तनहरु भएपनि प्रशासनिक संरचना तथा काम गर्ने तरिकामा परिवर्तन हुन नसक्दा आर्थिक क्षेत्रमा अपेक्षाकृत लक्ष्य हासिल गर्न नसकिएको बताउनुभएको हो। [...]

  • prachanda

    समायोजन प्रक्रिया सम्मानजनक रुपमा अघि बढाउन नेतृत्वलाई दबाब

    माओवादी सेनाका पूर्व लडाकु कमाण्डरहरुले समायोजन प्रक्रिया सम्मानजनक रुपमा अघि बढाउन नेतृत्वलाई दबाब दिएका छन्। पार्टी मुख्यालय पेरिस डांडामा लडाकु कमाण्डरहरु र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा लडाकु कमाण्डरहरुले नेतृत्वलाई पुन यस्तो दबाब दिएका हुन्। छलफलपछि पाचौ डिभिजनका सहायक कमाण्डर राजबहादुर बुढाले नया भर्नाको शैलीमा नभई सम्मानजनक समायोजन हुनुपर्ने आफूहरुको अडान दोहोर्‍याएको [...]

  • prabin-giri

    हिमालय टेलिभिजनका सल्लाहकार तथा पूर्वसमाचार प्रमुख प्रविण गिरीको पशुपति आर्यघाटमा अन्तिम संस्कार

    वरिष्ठ सञ्चारकर्मी एवम् हिमालय टेलिभिजनका सल्लाहकार तथा पूर्वसमाचार प्रमुख प्रविण गिरीको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। गिरीको पार्थीव शरीरमा उहांका दुई छोराले दागबत्ती दिएका थिए। गिरीको शव अन्तिम संस्कार अघि श्रद्धाञ्जलीका लागि पशुपतिको बनकालीमा राखिएको थियो। श्रद्धाञ्जलीका लागि बनकालीमा सञ्चारकर्मी र शुभेच्छुहरुको उल्लेख्य सहभागिता रहेको थियो। कुनै समय टेलिभिजन र रेडियोमा लोकप्रिय एउटा आवाज [...]

  • dev-gurung

    वर्तमान सरकारले तत्काल राजीनामा नदिए सडक आन्दोलन गरेर भए पनि हटाउने चेतावनी : देव गुरुङ

    नेकपा–माओवादीका सचिव देव गुरुङले वर्तमान सरकारले तत्काल राजीनामा नदिए सडक आन्दोलन गरेर भए पनि हटाउने चेतावनी दिनुभएको छ। ताप्लेजुङमा पार्टीका कार्यकर्ताहरुसंगको अन्तरक्रियामा सचिव गुरुङले वर्तमान सरकारले मुलुकलाई गम्भीर संकटमा फसाएकाले देशको सार्वभौमसत्ता बचाउनका लागि सवै शक्तिहरु एकजुट हुनुपर्ने वताउनुभयो। प्रधानमन्त्री बाबुराम भट्टराईले विपा सम्झौता र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ब्यवस्थापन गर्न भारतीयलाई दिने विचित्रको काम गरी [...]

  • Sikchya-mantralaya

    काठमाडौंको केशरमहलमा रहदै आएको शिक्षा मन्त्रालयलाई सिंहदरबार सारिए

    काठमाडौंको केशरमहलमा रहदै आएको शिक्षा मन्त्रालयलाई सिंहदरबार सारिएको छ। सिंहदरवार क्षेत्रभित्र बनेको शिक्षा मन्त्रालयको नयां भवनको शिक्षा मन्त्री दीनानाथ शर्माले उद्घाटन र निरीक्षण गरेसंगै सामान सार्ने काम शुरु भएको छ। समान र कागजपत्र सार्न केही दिन लाग्ने मन्त्रालयले जनाएको छ। सरकारले मन्त्रालयहरुलाई सिंहदरवारमा केन्द्रीत गर्ने नीति लिएसंगै शिक्षा मन्त्रालयका लागि भवन निर्माण थालिएको थियो। सार्वजनिक [...]

  • court

    सर्वोच्चमा रिट

    राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरी सहमतीय सरकारको आह्वानका लागि निर्देशनात्मक आदेश माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताद्वय सरोजकुमार थापा र पारशमणि भट्टराईले सर्वोच्चमा रिट दायर गर्नुभएको हो। रिटमा वर्तमान सरकारले संवैधानिक दायित्व पूरा गर्न नसकेकाले प्रधानमन्त्रीलाई बर्खास्त गरी राजनीतिक सहमतिका आधारमा अन्तरिम संविधानको धारा ३८ को क अनुसार सरकार गठनका लागि आह्वान [...]

  • syria

    सिरिया

    अमेरिकी रक्षा मन्त्री लियोन पनेटाले सिरिया सरकारले एलेप्पो शहरमा निरन्तर गरिरहेको हमला राष्ट्रपति बसर अल असादका लागि घातक भएको बताएका छन्। मध्यपुर्व राष्ट्रहरुको ५ दिने भ्रमणको शुरुवातमा पनेटाले एलेप्पो शहरमा सेनाको हमला रोकिनु पर्ने बताएका छन्। एलेप्पो शहरमा जुलाई २० देखि सेना र बिपक्षीबीच निरन्तर भिडन्त भइरहेको छ। एलेप्पोका केही भागमा बिद्रो हीले कब्जा जमाएपछि [...]

  • pm-ra-mahila

    महिला माथिको शोषण, दमन र हिंसाको वृद्धि भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

    नेपाल लोकतान्त्रिक महिला संघले देशमा महिला माथिको शोषण, दमन र हिंसाको वृद्धि भएको भन्दै प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको ध्यानाकर्षण गराएको छ। तराईमधेश लोकतान्त्रिक पार्टीको भातृ संगठन महिला संघले महिलाहरुलाई अनिवार्य शिक्षाको व्यवश्था गर्नुपर्ने, विशेष आरक्षणको व्यवश्था गर्नुपर्ने तथा महिलामाथि हुंने सबैखाले शोषणका विरुद्ध कठोर हुनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको हो। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा [...]