सशस्त्र प्रहरी बलको सीमा सुरक्षा कार्यालय मोरङले नक्कली भारतीय रुपैयांसहित दुईजनालाई पक्राउ गरेको छ। नियमित चेकजांच गर्ने क्रममा सशस्त्र प्रहरीले आज विराटनगर १८ बाट नक्कली भारु सहित दुईजनालाई क्राउ गरेको हो। पक्राउ पर्नेमा पांचथर बलने ७ का १९ वर्षीय चन्द्रमणि राई र इलाम महमाई ९ का २२ वर्षीय सुरेन्द्र राई रहेका छन्। उनीहरुको साथबाट ५ [...]
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेस नेतृत्वमा गठन हुने सरकारले नै शान्ति प्रकृया पूरा गरेर लोकतान्त्रिक संविधान जारी गर्ने दाबी गर्नुभएको छ। नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको आठौं केन्द्रीय परिषद भेलाको धनगढीमा उद्घाटन गर्दै कोइरालाले अब कांग्रेस नेतृत्वको सरकार हुनुपर्ने बताउनुभयो। कोइरालाले माओवादी प्रजातन्त्रको मूलधारमा आउनुको विकल्प नभएको बताउनुभयो। सोही कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य एनपी [...]
राजधानी काठमाडौंको सडक जस्तो छ, उस्तै छ, छेउ छाउका पर्खाल पनि। त्यस्तै, सडक र छेउका पर्खाल राजनीतिक अतिक्रमणको शिकार पनि भइरहेका छन्। सडकमा जुलुस हुन्छ, भित्तामा नारा लेखिन्छन्। अझ भित्तालाई त दलहरुले राजनीतिक प्रचारको मुख्य माध्यम नै बनाएका छन्। राजधानी काठमाडौंका सडक छेउमा रहेका भित्ताहरु राजनीतिक नाराहरुले लत्पतिएका छन्। २१औं शताब्दीमा पनि राजनीतिक दलहरुका प्रचारका [...]
जेपी प्रतिष्ठानले पांच समाज सेवीसहित १९ उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमुख्यसचिव तीर्थमान शाक्य, रोटरी क्लबका पूर्व डिष्ट्रिक्ट गर्भनरहरु बासुदेव गोल्याङ र रत्नमान शाक्य, तथा रोटरीका वर्तमान डिष्ट्रिक्ट गर्भनर योगेन्द्रमान प्रधानलाई सम्मान गर्नुभयो। सोही अवसरमा ०६७ सालको प्रवेशिका परीक्षामा ओखलढुङा जिल्ला प्रथम हुने छात्रछात्रालाई पनि [...]
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले पूर्व विशिष्ट पदाधिकारीका लागि सरकारले दिनेसुविधाको विरोध गर्नुको कुनै अर्थ नरहने बताउनु भएको छ। आज राजधानीमा आयोजित साक्षत्कारमा सल्लाहकार पौडेलले संसारभरनै विशिष्ट व्यक्तिहरुलाई सरकारले यस्तो सुविधा दिने गरेकाले नेपालमा पनि पारदर्शी तरिकाले सुविधा दिंदा विरोध गर्नुको कुनै अर्थ नरहने बताउनु भयो। उहांले वर्तमान अन्योलग्रस्त अवस्थामा अर्को विकल्प नभएसम्म प्रधानमन्त्रीले राजीनामा [...]
यता, नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारले दिएको सरकारी सुविधानको प्राडो गाडी सरकारलाई फिर्ता गर्नु भएको छ। पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री र पूर्व न्यायाधीश लागायतका विशिष्ट व्यक्तिहरुलाई सरकारले दिने आजीवन सुविधानको चौतर्फी विरोध सुरु भएपछि खनालले पूर्वप्रधानमन्त्रीका हैसियतले सरकारले दिएको सुविधा फिर्ता गर्नु भएको हो। पूर्वप्रधानमन्त्रीको हैसियतले सरकारले दिएको बा ६ च १०२६ नम्बरको प्राडो [...]
गत आर्थिक वर्ष २०६८/०६९ मा दाङको विकासको लागि विनियोजित ३० करोड ४१ लाख ७२ हजार रुपैया फ्रिज भएको छ। जिल्लाका लागि विनियोजित कूल रकममध्ये झण्डै १७ प्रतिशत रकम खर्च फि्रज भएको हो। सरकारले गत आर्थिक वर्ष २०६८/०६९ मा जिल्लाको विकासका लागि १ अर्ब ८२ करोड ८७ लाख ७३ हजार रुपैया विनियोजन गरेको थियो। जिल्ला कोष [...]
यही साउन १५ गतेदेखि सिन्धुपाल्चोकमा हुने नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको तयारी पूरा भएको कांग्रेसले जनाएको छ। आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सिन्धुपाल्चोक जिल्लाका सभापति मोहनबहादुर बस्नेतले राष्ट्रिय भेलामा विगतमा पार्टीले गरेका गतिविधिको समीक्षाका साथै नयां रणनीति तय गरिने जानकारी दिनुभयो। भेलाले राष्ट्रिय राजनीतिक निकासका लागि नेतृत्वलाई बुंदागत रुपमा सुझाब दिने पनि सभापति बस्नेतले [...]
अष्ट्रेलियामा अगष्ट एघारदेखि सुरु हुने अण्डर नाइन्टीन विश्वकप क्रिकेटमा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। वर्षा यामका कारण पर्याप्त अभ्यास गर्न नपाएको नेपाली टोलीका लागि अन्तिममा अर्को चोट लागेको छ। तीव्र गतिका तीनजना खेलाडी छाडेरै नेपाली अष्ट्रेलिया लागेको छ। तीब्र गतीका ३ बलर बिनै १४ सदस्यीय नेपाली टोली अण्डर नाइन्टीन विश्वकप क्रिकेटमा [...]
सरकारले युवा जनशक्तिलाई लक्षित गरी स्वरोजगार कार्यक्रम ल्याउन नसक्दा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ। रोजागारीकै लागि विदेश जानुपर्ने बाध्यता भएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा पासपोर्ट बनाउनेको भीड बढ्न थालेको छ। परराष्ट्र मन्त्रालयले मेसिन रिडेबल पासपोर्ट,एमआरपी वितरण गर्ने जिम्मा स्थानीय प्रशासनलाई पनि दिएपछि मोरङमा पासपोर्ट बनाउनेको संख्या बढ्दो छ। विहान बेलुका छाक टार्नकै लागि विदेशिनु पर्ने [...]