बुटवलको राजमार्ग चौराहमा रहेका होमीयोप्याथिक तथा चिनीया अक्कुपञ्चर क्लिनिकहरुमा प्रशासनले छापा मारेको छ। योग्यता बिनाका ब्यक्तिहरुले डाक्टर लेखेर बिरामीहरुको उपचार गरेको समाचार हिमालय टेलिभिजनबाट प्रशारण भएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल तथा रुपन्देही प्रहरी प्रहरी प्रमुख रबिन्द्रनाथ रेग्मी सहितको टोलीले छापा मारेको हो। प्रशासनले अनाधिकृत काम भएको भन्दै त्यस्ता क्लिनिकहरुमा छापा मारि क्लिनीकहरु बन्द [...]
नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलहरुले सहमतिको नाममा बजेटलाई बन्धक बनाएको आरोप लगाएको छ। महासंघको कार्यालय टेकुमा भएको कार्यक्रममा अध्यक्ष सुरज वैद्यले राजनीतिक दलहरुले सहमतीय सरकार निमार्णको नाममा समग्र अर्थतन्त्रलाई अन्यौलमा राख्न नमिल्ने बताउनुभयो। राजनीतिक मुद्धाका कारण राम्रा कार्यक्रमसमेत ओझेलमा पर्ने गरेको भन्दै अध्यक्ष वैद्यले राजनीतिक स्थायित्व र स्थायी नीति नहुंदासम्म निजी क्षेत्रले लगानी बढाउन [...]
अमेरिकी राष्ट्रपति बाराक ओबामाले साना हतियार नियन्त्रणको लागि नयां ढंगबाट अगाडि बढ्नुपर्ने बताएका छन्। अमेरिकाको औरोराको सिनेमा हलमा गत हप्ता भएको आक्रमणमा १२ जनाको मृत्यु भएपछि ओबामाको यस्तो अभिव्यक्ति आएको हो। ओबामाले बन्दुक नियन्त्रणको बारेमा राजनीतिक पार्टी र संघसस्थासंगको छलफलपछि नयां धारणा सार्वजनिक गरिने बताएका छन्। आगामी राष्ट्रपति निर्वाचनमा ओबामाको प्रतिद्वन्द्वीको रुपमा रहेका मिट रोम्नीले [...]
क्लासिक डायमण्ड ज्वेलर्सको आयोजनामा काठमाडौंमा आगामी असोजको पहिलो साता टाइमलेस प्यारागन ज्वेलरी फेसन शो आयोजना हुने भएको छ। फेसन शो सम्बन्धी जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फेसन शोमा सहभागी हुनेहरुको अडिसन काठमाडौं र पोखरामा हुने जानकारी दिइयो। पोखरामा यही साउन २७ गते र काठमाडौंमा आगामी भदौ २ गते अडिसन हुने छ भने अन्तिम अडिसन [...]
नेपाली सेनाको राष्ट्रिय सेवा दलले सल्यान जिल्लाका माध्यमिक तहका ५० जना विद्यार्थीलाई जुनियर क्याडेट कोर्स दिन सुरु गरेको छ। एकसय दिनसम्म चल्ने तालिममा जिल्लाको त्रिभुवन जन उच्च मावि लुहापिङका १४ वर्ष माथिका २५ छात्र र २५ छात्राको सहभागिता रहेको छ। उनीहरुलाई शारीरिक रुपमा सशक्त र अनुशासित बनाउन तालिम दिन लागिएको भगवती दल गणका निमित्त गणपति [...]
नुवाकोटको आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति निलमबाबु ढुङ्गेलले विद्यार्थीहरुमाथि दूर्व्यवहार भएको भन्दै क्याम्पस तोडफोड गरेका छन्। क्याम्पस सञ्चालक समितिको बैठकमा सहभागी हुने क्रममा सञ्चालक समितिका अर्का सदस्य राजेन्द्रप्रकाश लोहनीले बैठकमा अनुपस्थित हुने निवेदन अध्यक्षले दर्ता गर्न अस्वीकार गरेपछि विवाद भएको हो। विद्यार्थीहरुसंग कुनै सल्लाह नगरी सञ्चालक समितिका अध्यक्षले दुर्व्यवहार गरेपछि सभापति ढुंगेलले तोडफोड [...]
विगत एक दशकदेखि सूचना तथा संचार प्रविधि क्षेत्रमा काम गर्दै आएको सूचना प्रविधि केन्द्र सिआइटी नेपालले आफ्नो सेवालाई गांउ गाउंमा पुर्याउने भएको छ। केही दिनदेखि राजधानीमा जारी सूचना प्रविधिसम्बन्धी तालिम समापान समारोहमा यस्तो जनाकारी दिइएको हो। केन्द्रले द्वन्दकालमा रुकुम तथा बर्दियाबाट ग्रामिण विकासका निम्ति सूचाना तथा संचार प्रविधिको पंहुच पुर्याउने उद्देश्यले सुरु गरेको अभियानलाई प्रत्येक [...]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिने सरकारी निर्णयको विरोधमा जनमोर्चा नेपालले विरोधसभा गरेको छ। राजधानीको वसन्तपुरमा आयोजना गरेको विरोधसभामा जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारीले त्रिभुवन विमानस्थल व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिंदा नेपालको राष्ट्रियता, सार्वभौमिकता, सुरक्षा र राष्ट्रिय स्वाधीनतामा गम्भीर असर पर्ने बताउंदै उक्त सम्झौता तत्काल खारेज गर्न माग गर्नुभयो। महासचिव भण्डारीले प्रधानमन्त्री बाबुराम [...]
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मुलुकको वर्तमान समस्या समाधान गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको बताउनुभएको छ। कैलालीको गेटा विमानस्थलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले दलहरुबीच भएका कुनैपनि सहमतिहरु एकीकृत नेकपा माओवादीले पालना नगरेका कारण मुलुक संकटमा परेको बताउनुभयो। उंहाले माओवादीको सहमति गर्ने तर, कार्यान्वयन नगर्ने प्रवृत्तीले मुलुक पछाडी धकेलिएको बताउनुभयो। सभापति [...]
राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो समय देशमा मानव अधिकार उल्लंघनका घटनामा वृद्धि भैरहेको जनाएको छ। मानव अधिकार आयोगको कार्यालयमा आज आयोजित अन्तर्क्रियामा आयोगका सदस्य तथा प्रवक्ता गौरी प्रधानले संक्रमणकालीन अवस्था लगायतका कारणले मानव अधिकार हन्नका घटनामा वृद्धि भैरहेको बताउनु भयो। उंहाले नेपाल जस्तो संक्रमणकालिन अवस्थामा रहेको देशमा न्याय दिन बढी समय लाग्ने गरेको र यस्तो [...]