लामो समयदेखि भ्रष्टाचार मुद्धा खेपिरहेका पूर्वमन्त्री गोविन्दराज जोशी अन्ततः दोषी ठहरिएका छन्। जोशीविरुद्धको मुद्धामा आज फैसला सुनाउदै विषेश अदालतले उनलाई डेढवर्ष कैद र जरीवाना तथा बिगो गरी ४ करोडभन्दा बढी भराउने आदेश सुनाएको छ। २०४६ सालपछि पटक पटक सत्ता र शक्तिमा रहेका गोविन्दराज जोशी अन्ततः भ्रष्टाचारी ठहर भएका छन्। सत्ता र शक्तिमा रहदा अख्तियारको दुरुपयोग [...]
पाकिस्तानको उच्च न्यायालयले प्रधानमन्त्री राजा परवेज अशरफलाई राष्ट्रपति असिफ अलि जर्दारीविरुद्ध भ्रष्टाचारको मुद्दा पुनः सुरु गर्नको लागि पत्र लेख्ने समयावधी १५ दिन थप गरेको छ। अदालतले प्रधानमन्त्री असरफलाई राष्ट्रपतिविरुद्धको भ्रष्टाचारकेा मुद्दा खोल्न स्वीट्जरल्यान्डका अधिकारीहरुलाई पत्र लेख्न दिएको पछिल्लो निर्देशनको समयावधि आज सकिएको हो। अदालतले स्वीट्जरल्यान्डका अधिकारीहरुलाई राष्ट्रपतिविरुद्ध भ्रष्टाचारको मुद्दामा पत्र लेख्न जुलाई २५ सम्मको समयअबधि [...]
निर्वाचन आयोगले आगामी निर्वाचनमा एक उम्मेदवारले एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेद्वारी दिन पाउने प्रस्ताव गरेको छ। आयोगका अनुसार आयोगले संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ लाई संशोधन गर्ने क्रममा यस्तो प्रावधान राखेको हो। प्रस्तावित ऐन संशोधनका लागि आयोगले मस्यौदा प्रस्ताव सरकारलाई बुझाइसकेको छ। विद्यमान कानुनमा एक उम्मेदवारले एकभन्दा बढी निर्वाचन क्षेत्रमा पनि उम्मेदवारी दिनसक्ने प्रावधान [...]
गोल्डेन गेट कलेजका मदनकृष्ण कायस्थले काठमाडौंमा सम्पन्न पहिलो विश्व विद्यालय बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेका छन्। खेलको अन्तिम दिन बुधबार मदनकृष्णले नौ चरणको समाप्तीमा आठ अंक बनाउदै उपाधि कब्जा गर्न सफल भएका हुन्।उनलाई पछ्याएर समान आठ अंक बनाएका शंकरदेव क्याम्पसका पुरुषोत्तम चौलागाई भने दोस्रो भए। यी दुईबीच आठौं चरणमा प्रतिस्पर्धा हुदा विजयी हुदै डाइरेक्ट इनकाउन्टरमा [...]
सुनसरीको भादगाउ सिनुवारीबाट प्रहरीले हतियार सहित २ जनालाई पक्राउ गरेको छ। प्रहरीले भारतको आसमका राजकुमार राई र सुनसरीको बक्लोरीका श्रीकुमार राजधामीलाई एक थान कटुवा पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट ६० थान नाइट्रोजन ट्याब्लेट, १ सय थान एभिल, ८५ एमफिल लुपिजेसिक तथा डाइजेपाम ८५ थान समेत बरामद गरेको जनाएको [...]
स्वास्थ्यमन्त्री राजेन्द्र महतोले विपक्षी दलहरुको दोहोरो चरित्रका कारण मंसिर सातमा तय गरिएको संविधानसभाको निर्वाचन सार्ने प्रस्ताव गरिएको स्पष्ट पार्नुभएको छ। आज काठमाडौमा भएको अन्तर्क्रियामा मन्त्री महतोले निर्वाचनको लागि संविधान संशोधन गर्न विपक्षी दलहरु सहमत नभएकोले निर्वाचनको मिति सर्न सक्ने बताउनुभयो। उहाँले संविधानसभाको निर्वाचनबारे स्पष्ट धारणा बनाउनसमेत विपक्षी दलहरुसंग आग्रह गर्नुभयो। तर, नयाँ संविधान बन्नुअघि संसदीय [...]
सशस्त्र प्रहरीको एपीएफ क्लब १४ औं महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। रौतहटको चन्द्रनिगाहपुरमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा कैलालीलाई चार शून्य गोल अन्तरले पाखा लगाएर एपीएफले फाइनलमा स्थान सुरक्षित पारेको हो। पूर्वार्धमा एक शून्यले अगाडी रहेको एपीएफले उत्तरार्द्धमा थप तीन गोल गर्दै चार शून्यको जित हात पार्यो। एपीएफलाई जित दिलाउन जमुना गुरुङले [...]
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै सम्पन्न पार्टीको विस्तारित बैठकले गरेका निर्णय कार्यान्वयन नभए आफ्नो पार्टीको औचित्य सकिने बताउनुभएको छ। राजधानीमा आजदेखि सुरु भएको अखिल क्रान्तिकारी केन्द्रीय समितिको ३३ औं बैठकको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको चट्टाने एकताले प्रतिक्रियावादीहरुलाई धक्का पुगेको भन्दै पार्टीका निर्णय कार्यान्वयन नभए आफूहरुको औचित्य समाप्त हुने बताउनुभएको हो। [...]
पहाडी जिल्लामा लगातार वर्षा भएपछि सप्तकोसी नदीमा पानीको बहाव बढेको छ। आज दिउसो २ बजे गरिएको मापन अनुसार सप्तकोशीमा प्रतिसेकेण्ड पानीको बहाव दुई लाख ६ सय ४५ क्युसेक मापन गरिएको छ। पानीको बहाव वढेपछि कोसी व्यारेजका ३१ वटा ढोका खोलिएको छ। कोसीमा पानीको बहाव बढेपछि ब्यारेजमा रातो बत्ती बालिएको छ भने रातो झण्डासमेत फहराइएको छ। [...]
नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति कैलाली र सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कैलालीको सहकार्यमा कैलालीको धनगढीस्थित रंगशाला परिसरमा सरसफाइ गरिएको छ। रंगशाला वरपर र भित्री प्याराफिट अत्यन्तै फोहर भएकाले खेलकुद गतिविधि संचालन गर्न कठिनाई भएपछि तेक्वान्दो संघको पहलमा सरसफाइ गरिएको हो। गत फागुनमा भएको छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछि अहिले रंगशाला सरसफाइ गरिएको [...]