समयमा वर्षा नभएपछि देशका अधिकांश स्थानमा रोपाई प्रभावित भएकाबेला पाल्पाका किसानलाई भने चैते धान भित्राउन भ्याइनभ्याई भएको छ। समयमा वर्षा नभएकाले देशभर रोपाई मात्र प्रभाव भएन पाल्पामा चैते धान पाक्न समेत ढिलो भयो। विगतका वर्षमा असारमा भित्राइसक्ने चैते धान यो वर्ष ढिला पाकेकाले अहिले पाल्पाका किसानलाई चैते धान भित्र्याउन भ्याइनभ्याइ भएको छ। खेतमा पुनः धान रोप्ने समय भएकाले किसानलाई चैते धान भित्र्याउन चटारो परेको हो।
पाल्पाको सिंचाई सुविधा भएका माडी फाँट, रामपुर, अर्गली, दर्छा, गेझा, हुगी, पुर्वखोला लगायतका फाँटमा चैते धान रोप्ने गरिन्छ। पाल्पामा चैते २, हर्दिनाथ, सिएच ४५ जातका धान खेती हुने गरेको कृषि कार्यालय पाल्पाले जनाएको छ। पाल्पामा गतबर्ष ३ हजार मेटि्रकटन चैते धान उत्पादन भएको थियो। तर यसबर्ष समयमा बर्षा नभएका कारण उत्पादन राम्रो नभएको किसानले बताएका छन्। पाल्पामा ८ सय १५ हेक्टर जमिनमा चैते धान खेती गरिएको थियो। तर समयमा वर्षा नभएकाले अहिले धान रोपाई भने दश प्रतिशत मात्र भएको छ। पाल्पामा कुल क्षेत्रफलको ९ हजार ६ सय ४० हेक्टरमा धान खेती हुदै आएको छ।









There are currently no comments on समयमा वर्षा नभएपछि देशका अधिकांश स्थानमा रोपाई प्रभावित. Perhaps you would like to add one of your own?