राष्ट्रिय सहमतिको सरकार गठनका लागि काँग्रेस र एमाले थप गृहकार्यमा

Written by admin. Posted in राजनीति, विशेष

Published on July 24, 2012 with

विपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले वर्तमान सरकारलाई विस्थागित गर्न र राष्ट्रिय सहमतिको सरकार गठन लगायतका विषयमा साझा धारणा बनाउन छलफल तीव्र बनाएका छन्। राष्ट्रिय सहमतिको सरकार गठन लगायतका विषयमा छलफल गर्न एमाले मुख्यालय बल्खुमा अहिले कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक बसिरहेको छ। बैठकमा कांग्रेस सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंह, कृष्ण सिटौला, डाक्टर रामशरण महत लगायतका नेताहरु सहभागी हुनुहुन्छ भने एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी हुनुहुन्छ।

विपक्षी दलहरुले सरकारले घोषणा गरेको नयाँ निर्वाचन कुनै हालतमा पनि हुन नसक्ने बताउदै आएका छन्। उनीहरुले वर्तमान सरकार कामचलाउ भैसकेकोले पनि सहमतिका आधारमा नयाँ सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन्। विपक्षी दलका नेताहरुले कामचलाउ सरकारको बर्खास्तगीका लागि आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी पनि दिएका छन्।

मिलन 

facebook comments:

Leave a Comment