नेपाली सेनामा कार्यरत महासेनानी राजु बस्नेतको पद बढुवा नगर्न एकीकृत माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसंग आग्रह गरेको छ। प्रधानमन्त्री कार्यलय सिंहदरबारमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई भेट गरी अनेरास्ववियु क्रान्तिकारीले महासेनानी बस्नेतको पद बढुवा रोक्न अनुरोध गरेको हो।
२०६० सालमा भैरवनाथ गणका गणप्रमुखका रुपमा रहेका बस्नेतले करीब ४ दर्जन आश्थाका बन्दीहरुको हत्या गरेको र संयुक्त राष्ट्रसंघिय मानवअधिकार उच्चआयुक्तको कार्यलयले यसलाई पुष्टि गरिसकेको अवस्थामा पद बढुवा गर्दा पिडितमाथि अन्याय हुनजाने क्रान्तिकारीले बताएको छ। भेटपछि प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले यसलाई आफुले गम्भिर रुपमा लिएको र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन पछि त्यस्ले दिने निर्णयका आधारमा प्रक्रिया अगाडी बढाइने बताउनुभएको अध्यक्ष हिमाल शर्माले जानकारी गराउनुभयो।









There are currently no comments on नेपाली सेनामा कार्यरत महासेनानी राजु बस्नेतको पद बढुवा नगर्न प्रधानमन्त्रीलाई आग्रह. Perhaps you would like to add one of your own?