नूनमा बालुवा पुष्टि

Written by admin. Posted in अर्थ-वाणिज्य

Published on July 24, 2012 with

भैरहवास्थित साल्ट टेड्रिङ कर्पोरेशन अञ्चल कार्यालय लुम्बिनीले बिक्री गरेको नुनमा बालुवा मिसिएको तथ्य प्रयोगशालाबाट पुष्टि भएको छ। केही समयअघि नुनको प्याकेटभित्रै बालुवा मिसिएको खबर हिमालय टेलिभिजनले प्रसारण गरेको थियो। समाचार प्रसारण भएपछि क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाले नुनको नमुना सकंलन गरी परीक्षण गर्दा नुनमा बालुवा मिसिएको पुष्टि भएको हो। खाद्य प्रयोगशालाका प्रमुख किशोर खत्रीले नूनमा अखाद्य वस्तु मिसिएको पुष्टि भएको र यसका बारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको बताउनुभयो। उहांले आफुहरुले खाद्य ऐन अनुसार साल्ट ट्रेडिङविरुद्ध मुद्दा चलाउने तयारी गरेको समेत जानकारी दिनुभयो।
नरेश केसी

facebook comments:

Leave a Comment