छोरेपाटन प्रहरी

Written by admin. Posted in विविध

Published on July 24, 2012 with

नेपालमा बढदो अपराध रोक्नको लागि करिब ५६ हजार प्रहरी सक्रिय छन्। त्यसमा महिला प्रहरीको संख्या भने कम नै छ। सुरुमा महिला प्रहरीले अपराध नियन्त्रणमा काम गर्न सक्तैन भन्ने सोंच थियो तर अहिले महिला प्रहरीले अपराध नियन्त्रणको नेतृत्व लिएका छन्। पोखराको छोरेपाटन चौकी सम्हाली रहेका महिला प्रहरीले देखाएको सक्रियता उदाहरण बनेको छ।

मनु भुजेलले प्रहरीमा जागिर खाएको करिब १५ वर्ष भयो। दुई छोराकी आमा मनुलाई प्रहरी बन्ने सपना पहिले देखिनै थियो। उनि अहिले पोखरामा रहेको छोरेपाटन प्रहरी चौकीमा कार्यरत छिन। उनि मात्रै होईन नितु परियारलाई पनि सानै देखि प्रहरी देखे पछि त्यसैमा जागिर खाने रहर थियो त्यसैले उनी ७ वर्ष देखि प्रहरी सेवामा कार्यरत छिन। त्यस्तै यि अर्कि महिला प्रहरी सर्मिला पाण्डे , उनले पनि प्रहरीमा जागिर खाएको निकै भैसक्यो , उनको श्रीमान पनि प्रहरीमै भएकोले काम गर्न सजिलो भएको उन्को बुझाई छ। सबै महिला प्रहरीहरु पर्यटकिय नगरि पोखरामा अपराध नियन्त्रणमा सक्रिय छन। छोरे पाटन प्रहरी चौकीमा उनिहरु जस्तै २४ जना महिला प्रहरीहरु छन। जस्को नेतृत्व निरीक्षक सुशिला प्रधानले गरीरहेकी छिन्। नेपालमा महिलाले मात्रै चलाएको यो पहिलो चौकी हो। महिला अपराध नियन्त्रणमा सक्रिय हुनु सक्दैनन् भन्ने मानसिकताले यहांका महिला प्रहरीले गलत सावित गरेका छन। उनिहरुलाई प्रहरी भएर सेवा गर्न पाउंदा निकै उत्साहित छन।

यहां प्राय जसो मादक पदार्थ सेवन गर्नेहरु पक्राउ पर्छन भने केहि लागुपदार्थ सेवन गर्नेहरुले पनि बेलाबेलवामा दुख दिईरहेका हुन्छन। तर त्यसलाई यि महिला प्रहरीहरुले सहजै तह लगाउने गरेका छन। अपराध नियन्त्रणमा जति सक्रिय भए पनि उनिहरुका लागि संगठन र सरकारले पर्याप्त व्यवस्था गर्न नसकेको उनीहरुको गुनासो छ। विषेश गरेर वच्चा भएका महिला प्रहरीको लागि निकै समस्या हुने गरेको उनिहरुको गुनासो छ। वच्चा भएका महिलाहरुका लागि पश्चिम क्षेत्रीय प्रहरी प्रमुख राजेन्द्र सिंह भण्डारीको सक्रियतामा एउटा चाईल्ड केयर केन्द्र खोलिएको छ जस्ले गर्दा केहि सहज भएको उनीहरु बताउछन्। जे होस महिला प्रहरी पनि अरु भन्दा कम छैनन भन्ने उदाहरण यहां प्रहरीले दिएका छन।

रमेश 

facebook comments:

Leave a Comment