Articles Posted on July 24th, 2012

  • HTV-website-picture

    प्रधानमन्त्रीको राजीनामा र सरकारले चालेको कदमको विरोध गर्दै आन्दोलन सुरु

    विपक्षी दल सम्बध ८ युवा सङ्गठनले मंगलवार देखि सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन्। प्रधानमन्त्रीको राजीनामा र सरकारले चालेको कदमको विरोध गर्दै विपक्षी दल आवद्ध युवा सङ्गठनहरुले सडक आन्दोलन सुरु गरेको हुन्। प्रधानमन्त्रीको राजीनामा र सरकारले चालेको कदमको विरोध गर्दै विपक्षी दल आवद्ध युवा सङगठनहरुले सडक आन्दोलन सुरु गरेको हुन। आन्दोलनको पहिलो दिन मंगलवार काठमाडौंको नयां [...]

  • uml-1

    राष्ट्रिय सहमतिको सरकार गठनका लागि काँग्रेस र एमाले थप गृहकार्यमा

    विपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले वर्तमान सरकारलाई विस्थागित गर्न र राष्ट्रिय सहमतिको सरकार गठन लगायतका विषयमा साझा धारणा बनाउन छलफल तीव्र बनाएका छन्। राष्ट्रिय सहमतिको सरकार गठन लगायतका विषयमा छलफल गर्न एमाले मुख्यालय बल्खुमा अहिले कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक बसिरहेको छ। बैठकमा कांग्रेस सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंह, कृष्ण सिटौला, [...]

  • Om

    नेपाली सेनामा कार्यरत महासेनानी राजु बस्नेतको पद बढुवा नगर्न प्रधानमन्त्रीलाई आग्रह

    नेपाली सेनामा कार्यरत महासेनानी राजु बस्नेतको पद बढुवा नगर्न एकीकृत माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसंग आग्रह गरेको छ। प्रधानमन्त्री कार्यलय सिंहदरबारमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई भेट गरी अनेरास्ववियु क्रान्तिकारीले महासेनानी बस्नेतको पद बढुवा रोक्न अनुरोध गरेको हो। २०६० सालमा भैरवनाथ गणका गणप्रमुखका रुपमा रहेका बस्नेतले करीब ४ दर्जन आश्थाका बन्दीहरुको हत्या गरेको [...]

  • chorpate

    छोरेपाटन प्रहरी

    नेपालमा बढदो अपराध रोक्नको लागि करिब ५६ हजार प्रहरी सक्रिय छन्। त्यसमा महिला प्रहरीको संख्या भने कम नै छ। सुरुमा महिला प्रहरीले अपराध नियन्त्रणमा काम गर्न सक्तैन भन्ने सोंच थियो तर अहिले महिला प्रहरीले अपराध नियन्त्रणको नेतृत्व लिएका छन्। पोखराको छोरेपाटन चौकी सम्हाली रहेका महिला प्रहरीले देखाएको सक्रियता उदाहरण बनेको छ। मनु भुजेलले प्रहरीमा जागिर [...]

  • laigik-budget

    लैंगिक बजेट

    लैंगिक उत्तरदायी बजेटमार्फत समाजमा लैंगिक समानता कायम राख्न सकिने भएतापनि प्रभावकारी कार्यान्वयनको अभावमा लक्ष्य अनुरुपको उपलब्धि हासिल हुन नसकेको एक कार्यक्रममा बताईएको छ। अर्थ मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो धारणा राखेका हुन्। स्थानिय तहदेखि केन्द्रसम्म हुने महिलाहरुमाथिको भेदभावलाई लैंगिक उत्तरदायी बजेट मार्फत न्युन गर्न सकिने भएतापनि प्रभावकारी कार्यान्वयनको अभाव रहेको बताईएको छ। कार्यक्रममा अर्थमन्त्री [...]

  • egypt

    हिसहाम क्वान्डिललाई इजिप्टको नयां प्रधानमन्त्रीका लागि प्रस्ताव

    इजिप्टका राष्ट्रपति मोहम्मद मुर्सीले पूर्व सिंचाई मन्त्री हिसहाम क्वान्डिललाई देशको नयां प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छन्। इजिष्टियन राष्ट्रिय टेलिभिजनका अनुसार मुर्सीले क्वान्डिललाई नयां प्रधानमन्त्रीका लागि छानेका हुन्। लगभग एक महिना अघि सर्वसाधारणबाट देशकै पहिलो तथा स्वतन्त्र निर्वाचनमार्फत मुर्सी राष्ट्रिपतिमा निर्वाचित भएका थिए।

  • women-football

    नेपाली सेना जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

    नेपाली सेना जारी १४ औं महिला राष्ट्रिय फुटबल प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको छ। आज बाराको सिमरामा भएको खेलमा बाकेलाई ५–१ गोल अन्तरले पाखा लगाउदै नेपाली सेनाले अन्तिम चारको स्थान पक्का पारेको हो। जारी प्रतियोगितामा सहभागि विभागिय क्लब नेपाल पुलिस र शशस्त्र प्रहरी बल पनि यस अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। नेपाली सेनाको [...]

  • ram_baran_yadav

    संविधानको परिधिभित्र रहेर जन चाहना अनुसार नै काम गर्ने : रामवरण यादव

    राष्ट्रपति डाक्टर रामवरण यादवले आफु जनताको छोरा भएकाले संविधानको परिधिभित्र रहेर जन चाहना अनुसार नै काम गर्ने बताउनु भएको छ। साहित्यकार डाक्टर कृष्णहरी बरालका प्रतिनिधि गीतहरुको अंग्रेजीमा अनुवाद गरि तयार पारिएको गिती संग्रहको विमोचन गर्दै राष्ट्रपति यादवले राष्ट्रपति कार्यालयलाई जनताको घरको संज्ञा दिंदै आफूले जनहितमा मात्र काम गर्ने उल्लेख गर्नुभयो। राष्ट्रपति भबन शितल निवासमा आयोचित [...]

  • Bhupendra

    भुपेन्द्र सिलवाल ओलम्पिकमा दर्शकका रुपमा सहभागी हुन लण्डन जादै

    सन् १९६४ मा पहिलो पटक नेपालले ओलम्पिक खेलकुदमा सहभागि हुंदाका पहिलो ओलम्पियन भुपेन्द्र सिलवाल लण्डनमा हुन लागेको ओलम्पिकमा दर्शकका रुपमा सहभागी हुन भोलि लण्डन जाने भएका छन्। नेपालले यसरी पहिलो ओलम्पियनलाई ओलम्पिक खेल हेर्न पठाउन लागेको यो पहिलो पटक हो। राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले सिलवाललाई लण्डन पठाउने कुनै प्रक्रिया नगरेपनि एनआरएन लण्डनको [...]

  • antarjatiy

    अन्तरजातिय विवाह गरेको भन्दै जिउदो छोराको काजकिरिया

    २१ औं शताब्दीमा पनि अन्तरजातिय विवाह गर्दा घर तथा समाजबाट अपहेलित हुनुपर्छ भन्दा अनौठो लाग्नुपर्ने हो। सरकारले नै अन्तरजातिय विवाह गर्नेलाई एक लाख रुपैया प्रोत्साहन भत्ताको व्यवस्था नै गरेको छ। तर पांचथरमा भने एउटा परिवारले छोराले अन्तरजातिय विवाह गरेको भन्दै जिउदो छोराको काजकिरिया गरेका छन्। अन्तरजातिय बिवाह गरेको भन्दै पाचथरको लुम्फाबुङ गाबिस वडा नम्बर १ [...]