साताको पहिलो दिन शेयर बजारमा एकै दिनमा १० अंकले वृद्धि भएको छ। आज अपरान्ह एक बजे शेयर परिसुचकांक नेप्सेमा १० दशमलब १४ अंकले बृद्धि भई ४ सय ५ दशमबल ६ अंकमा पुगेको हो। पछिल्लो डेढ महिनामा नगन्य परिवर्तनमा रहेको शेयर बजारमा एकै दिन यति धेरै बृद्धि देखिएको हो। कारोबार सुरु भएको दुई घण्टामै नेप्से २ घण्टामै १० अंकको बृद्धि समात्न सफल भएको थियो।
आज बाणिज्य बैंक, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, इन्स्योरेन्स लगायतका समूहगत परिसूचकमा वृद्धि भएका कारण समग्र नेप्से परिसूचक सकारात्मक देखिएको हो। आज हाइड्रोपावर समूहको समूहगत परिसूचकमा १८ अंकको बृद्धि देखिएको छ। अपरान्ह १ बजेको स्टक एक्स्चेन्जको तथ्यांक अनुसार शेयरबजारमा ५४ कम्पनीका ३६ हजार ५ सय १० कित्ता शेयर २ सय ६५ कारोबारबाट १ करोड ६० लाख ६ हजार ४ सय ५३ रुपैंयाँमा किनबेच भएका छन्।









There are currently no comments on शेयर बजारमा एकै दिनमा १० अंकले वृद्धि. Perhaps you would like to add one of your own?