मेगा बैंक नेपाल लिमिटेड स्थापनाको दुई वर्ष पूरा गरी आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ। बैंकले हलोदेखि हाइड्रोसम्म भन्ने नारासहित २०६७ साउन ७ गतेदेखि कारोबार सुरु गरेको थियो। वार्षिक समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष मदनकुमार दाहालले आगामी दिनमा कृषि र उर्जा क्षेत्रलाई प्राथमिकतामा राखी पर्याप्त लगानी प्रवर्र्द्धन गर्ने उदेश्य रहेको बताउनुभयो ।
बैंकले दुई वर्षको अवधि भित्र नेपालभर २८ शाखा विस्तार गरिसकेको छ। यस्तै, शाखारहित बैंकिङ सेवामार्फत ग्रामीण भेगमा सेवा विस्तार गरिरहेको दाहालले बताउनुभयो। बैंकको गत आर्थिक वर्षमा निक्षेप संकलन करिब ४ अर्ब बृद्धि भई ९ अर्ब २० करोड पुगेको र कर्जा प्रवाह तीन अर्ब २० करोडबाट वृद्धि भई ८ अर्ब पुगेको छ। आगामी तीन वर्ष भित्र ५० शाखा विस्तार गर्ने बैंकले जनाएको छ।
ज्ञानेन्द्र पौडेल









There are currently no comments on मेगा बैंक नेपाल लिमिटेड तेस्रो वर्षमा प्रवेश. Perhaps you would like to add one of your own?