चीनमा ६० वर्षयताकै भारी वर्षा हुदां आएको बाढीमा १० जनाको मृत्यु

Written by admin. Posted in विदेश, विशेष

Published on July 22, 2012 with

चीनमा ६० वर्षयताकै भारी वर्षा हुदां आएको बाढीमा १० जनाको मृत्यु भएको छ। राजधानी बेइजिङसहितका अन्य स्थानमा बाढीले असर पारेको बताइएको छ। बाढीका कारण राजधानी बेइजिङका हजारौंका नागरिक विस्थापित भएका छन्। बाढीमा परेका १४ हजार ५ सय नागरिकलाई उद्दार गरिएको अधिकारीहरुले बताए। शनिबार रातीदेखि लगातार वर्षा भइरहेको बताइएको छ। लगातार वर्षाका कारण बेइजिङको मुख्य विमानस्थलका ५ सय उडान समेत रद्द गरिएको छ। बाढीमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।।।

facebook comments:

Leave a Comment