भारतीय योगगुरु रामदेवका प्रमुख सहयोगी आचार्य बालकृष्ण पक्राउ

Written by admin. Posted in कला - सँस्कृति, विशेष

Published on July 20, 2012 with

भारतीय योगगुरु रामदेवका प्रमुख सहयोगी आचार्य बालकृष्ण हरिद्वारबाट पक्राउ परेका छन्। आचार्य बालकृष्णविरुद्ध नक्कली कागजातको प्रयोग गरी पासपोर्ट बनाएको भन्दै केन्द्रीय अनुसन्धान विभाग सिबिआईले मुद्दा दायर गरेको थियो। पासपोर्टको नियम उल्लंघन गरेको आरोपमा उनीविरुद्ध गैर जमानत वारेन्ट जारी गरिएको थियो। सीबीआईले आचार्य बालकृष्णविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइमा उनी उपस्थित नभएपछि वारेन्ट जारी गरिएको थियो।

सीबिआईको सहयोगमा उत्तराखण्ड प्रहरी विभागले उनलाई आज हरिद्वारबाट पक्राउ गरेको हो। आचार्य बालकृष्णले पासपोर्टको लागि नक्कली कागजात पेश गरेको भन्दै सीबीआईले देहरादुन अदालतमा गत जुलाई १० मा मुद्दा दायर पेश गरेको थियो। साथै सिबिआईले उनले विद्यावारिधी गरेको प्रमाणपत्र प्राप्त प्रदान गर्ने राधाकृष्ण संस्कृत कलेजविरुद्ध पनि मुद्दा दायर गरेको छ। सीबीआईले आचार्य बालकृष्णले नक्कली कागजातबाट पासपोर्ट बनाएको भन्दै गत एक वर्षदेखि अनुसन्धान गरिरहेको छ।

सन् २००५ मा उनको नागरिकता छानबिन गर्दा उनी नेपाली नागरिक भएको स्थानीय अनसन्धान विभागले प्रमाणित गरेको थियो। नेपाली नागरिक बालकृण स्याङ्जाका हुन्। तर आचार्य बालकृष्णले भने आफ्नो परिवार नेपालमा रहेपनि आफू भारतीय नागरिक रहेको बताउंदै आएका छन्। उनले आफु भारतको हरिद्वारमा जन्मिएकोसमेत बताएका छन्। आर्चाय बालकृष्ण भारतीय प्रसिद्ध योगगुरु रामदेवद्वारा संचालित ३४ कम्पनीका निर्देशक रहेका छन्। आर्चाय बालकृष्णले भारतमा अगस्ट नौमा भ्रष्टचार विरोधी प्रदर्शनको तयारीमा रामदेवलाई सहयोग गरिरहेका छन्।

facebook comments:

Leave a Comment