कपिलवस्तुको कृष्णनगर भंसार कार्यालयले २०६८/६९ मा लक्ष्य भन्दा बढि राजश्व असुली

Written by admin. Posted in अर्थ-वाणिज्य, विशेष

Published on July 20, 2012 with

कपिलवस्तुको कृष्णनगर भंसार कार्यालयले २०६८/६९ मा लक्ष्य भन्दा बढि राजश्व असुली गरेको जनाएको छ। भंसारले राजश्व संकलनको वार्षिक लक्ष्य ९५ करोड २८ लाख रुपैया रहेकोमा करिब १ सय २९ प्रतिशतको वृद्धिदर हासिल गरि १ अर्ब २२ करोड ७९ लाख रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले जनाएको छ।

कार्यालयले लक्ष्य भन्दा २७ करोड ५९ लाख रुपैयाँ बढि राजश्व असुली गरेको हो। कृष्णनगर भंसार कार्यालय मातहत अहिले मुल भन्सारसहित ४ वटा छोटी भन्सार नाका सञ्चालनमा रहेका छन। यहाँबाट सिमेन्ट, क्लिंकर, तरकारी, फलफूल र कपडा लगायतका सामाग्री आयात हुने गरेका छन् भने निर्याततर्फ कृषिजञ्य उत्पादन र गिट्टी, बालुवा मुख्य छन्।

खगप्रसाद 

facebook comments:

Leave a Comment