सिरियाका सरकारविरोधी लडाकुहरुले इराक र टर्कीको सीमा क्षेत्रका केही नाका आफ्नो कब्जामा लिएका छन्। इराकको नाका अबु कमल, टर्कीको बाब अल हाबा र जाराबलुस नाका विपक्षीहरु लडाकुहरुले कब्जामा लिएका हुन्। इराकका जनरल क्वासिम अल दुलामीले इराकका सिमा क्षेत्रमा विपक्षीहरु लडाकुको एकाधिकार रहेका कारण इराकको सुरक्षामासमेत असर पुगेको बताएका छन्। अबु कमला नाका इराकको मध्य शहर [...]
अमेरिकाको कोलोराडो सहरमा ब्याटम्यानको फिल्म प्रदर्शनी भइरहेको समयमा बन्धुकधारीले गोली चलाउंदा चौधजनाको मृत्यु भएको छ। कोलोराडो राज्यमा द डार्क नाइट राइजेज फिल्मको पहिलो प्रदर्शनीका क्रममा गोली चल्दा कम्तीमा पचासजना घाइते भएका छन्। रात्री सेवाको फिल्म प्रदर्शनी भइरहेको स्थानमा एक्कासी गोली चलेको थियो। अनुहारमा माक्स लगाएका एक बन्दुकधारीले फिल्म प्रदर्शन भइरहेको समयमा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका [...]
नेकपा एमालेका नेता केपी शर्मा ओलीले केही समयभित्रै वर्तमान सरकारलाई विस्थापित गरी सहमतिको सरकार निर्माण हुने बताउनुभएको छ। प्रेस चौतारी नेपाल काठमाडौं शाखाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा नेता ओलीले सहमतिको सरकार निर्माणपछि त्यही सरकारले व्यवस्थापिका संसदको निर्वाचन गराउने बताउनुभयो। उहांले नयां संसदलाई नयां संविधान जारी गर्ने अधिकार दिनुपर्ने पनि बताउनुभयो। कार्यक्रम नेता ओलीले वर्तमान कामचलाउ [...]
भारतीय योगगुरु रामदेवका प्रमुख सहयोगी आचार्य बालकृष्ण हरिद्वारबाट पक्राउ परेका छन्। आचार्य बालकृष्णविरुद्ध नक्कली कागजातको प्रयोग गरी पासपोर्ट बनाएको भन्दै केन्द्रीय अनुसन्धान विभाग सिबिआईले मुद्दा दायर गरेको थियो। पासपोर्टको नियम उल्लंघन गरेको आरोपमा उनीविरुद्ध गैर जमानत वारेन्ट जारी गरिएको थियो। सीबीआईले आचार्य बालकृष्णविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइमा उनी उपस्थित नभएपछि वारेन्ट जारी गरिएको थियो। सीबिआईको [...]
हिमाली क्षेत्रमा पाइने बहुमूल्य यार्सागुम्बाको व्यापार गर्ने व्यवसायीहरुबाट १५ लाख नगद रुपैंया लुटिएको छ। आज बिहान बाग्लुङ १ तामाङ गाउंका व्यापारी किसन घर्तीमगर र म्याग्दी नारचिङ २ का शिव पुनको साथमा रहेको नगद १५ लाख लुटिएको हो। रुकुमको गोतामकोट गाविसमा उनीहरुको साथमा रहेको नगद लुटिएको बताइएको छ। लुटपाटमा संलग्न भएको अभियोगमा रुकुम प्रहरीले ३ जनालाई [...]
मोरङको सोराभाग ९ मायागञ्जबाट आज विहान प्रहरीले साढे १३ केजी गांजा बरामद गरेको छ। बोरामा राखेर मायागञ्ज नाका हुंदै सीमावर्ती भारतको कुवाडी बजारतर्फ लैजांदै गरेको गांजा इलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी गस्ती टोलीले बरामद गरेको हो। गांजा बरामद भएपनि गांजा बोक्ने व्यक्ति भने पक्राउ परेका छैनन्। प्रहरीलाई देख्नासाथ गांजा बोकेका व्यक्तिले गांजा भएको बोरालाई झ्याङमा [...]
विज्ञापनको नाममा लाखौं रुपैयां खर्च नगर्न उच्चमाध्यमिक विद्यालयहरुलाई चेतावनी दिंदै नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले आज नुवाकोटमा कलेजहरुको विज्ञापन बोर्ड जलाएको छ। विदुरस्थित लोकतान्त्रिक चौतारीमा विद्यार्थी नेताहरुले कलेजको विज्ञापनमा प्रयोग गरिएका होर्डिङबोर्ड र ब्यानर जलाएका हुन्। उनीहरुले स्थानीय उच्चमावि तथा कलेजका साथै काठमाडौंका कलेजका पनि विज्ञापन होडिङबोर्ड जलाएका हुन्। अघिल्ला वर्षको तुलनामा यस वर्ष कलेजले [...]
राजधानीमा जारी एकीकृत नेकपा माओवादीको सातौं विस्तारित बैठकमा एकपछि अर्को विवाद उत्पन्न भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि सहमति र असहमतिका स्वर आइरहेका बेला माओवादीमा अन्य आन्तरिक विवादसमेत छताछुल्ल भएका छन्। आर्थिक अनियमितता छानबिन हुनुपर्ने पूर्व लडाकुहरुको माग सेलाउन नपाउंदै नेताहरुबीच नै हातपात भएको छ। एउटै समूहमा रहेका भनिएका अध्यक्ष पुष्पकमल दाहाल [...]
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले संचारजगत समावेशी नहुंदासम्म राष्ट्रिय एकता बलियो हुन नसक्ने बताउनु भएको छ। साम्प्रदायिक सञ्चार विखण्डनको पूर्वाधारः समावेशी सञ्चार एकताको आधार भन्ने नाराका साथ मंगलवारदेखि रिले अनसनमा बस्दै आएका मधेसी पत्रकारहरुको अनसनस्थल अनामनगर पुगेका अध्यक्ष भण्डारीले विभेदले विखण्डन निम्त्याउने हुंदा सञ्चारजगत समावेशी हुनुपर्नेमा जोड दिनुभएको हो। बिगतमा आंफुले यस्तै विभेदको [...]
स्पेनको रानधानी म्याड्रिडमा खर्च कटौतीको विरोधमा उत्रेका प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ। सरकारको खर्च कटौतीको निर्णयमा विरोधमा प्रर्दशन गरिरहेका नागरिकहरुमाथि प्रहरीले गोली प्रहार गर्नुको साथै अन्य दबाब सिर्जना गरेको बताइएको छ। प्रर्दशनकारी र प्रहरीबीच झडप भएपछि सेनाले गोली प्रहार गरेको हो। झडपमा दजनौं प्रर्दशनकारी घाइते भएकेा र केहीलाई प्रहरीले हिरासतमा लिएको छ। आर्थिक संकट [...]