सुनसरीको हांसपोसास्थित पानीपियामा एम्बुलेन्स दुर्घटना हुंदा ४ जना घाइते

Written by admin. Posted in विविध, विशेष

Published on July 19, 2012 with

सुनसरीको हांसपोसास्थित पानीपियामा एम्बुलेन्स दुर्घटना हुंदा ४ जना घाइते भएका छन्। मे १ च १३३८ नम्बरको एम्बुलेन्स दुर्घटना हुंदा केदार बिमली, रविन्द्र भट्टराई, पवित्रा भट्टराई र धनकुमारी उप्रेती घाइते भएका हुन्। घाइते पवित्रा भट्टराई र धनकुमारी उप्रेतीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने अन्य दुईजना सामान्य उपचारपछि घर फर्केका छन्। झापा गौरादहका गंगाप्रसाद भट्टराईलाई सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लैजांदै गर्दा बाटोमै मृत्यु भएपछि फर्काउने क्रममा एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ। सडकमा रहेको कुकुरलाई जोगाउन खोज्दा एम्बुलेन्स पल्टिएर दुर्घटना भएको चालकले बताएका छन्।

हिमाल दाहाल

facebook comments:

Leave a Comment