रौतहटमा विषालु सर्पको टोकाइले अस्पतालमा आउने बिरामीको संख्या बढे

Written by admin. Posted in विविध

Published on July 19, 2012 with

वर्षायाम सुरु भएसंगै रौतहटमा विषालु सर्पको टोकाइबाट उपचारका लागि अस्पतालमा आउने बिरामीको संख्या बढेको छ। सर्पको टोकाईबाट अहिले दैनिक १५ जना बिरामी उपचारका लागि आउने गरेको गौर अस्पतालले जनाएको छ। वर्षा सुरु भएसंगै जमिन मुनि बसेका सर्पहरु बाहिर निस्कन थालेपछि सर्पदंशका घटनामा वृद्धि भएको हो। सर्पको टोकाइबाट असार महिनामा मात्र १ सय १३ जना बिरामी उपचार गराई फर्केको अस्पतालका चिकित्सक प्रवीण झाले बताउनुभयो। यसवर्ष रौतहटमा सर्पको टोकाइबाट पांचजनाको मृत्यु भइसकेको छ। सर्पदंशका घटनामा वृद्धि भएपनि गौर अस्पतालमा ऐण्टिभेनमको अभाव रहेको अस्पतालले जनाएको छ।

आनन्द खनाल

facebook comments:

Leave a Comment