भारतमा पन्ध्रौं राष्ट्रपति चयनका लागि आज सफलतापूर्वक निर्वाचन भएको छ। नयां राष्ट्रपतिका लागि सत्ता गठबन्धन यूपिएका तर्फबाट प्रणब मुखर्जी र विपक्षी गठबन्धन एनडीएका तर्फबाट पीए संगमा प्रतिस्पर्धामा छन्। १५ औं राष्ट्रपति चयनका लागि आज विधायकहरुले मतदान गरेका छन्। संसद भवन लगायत सम्बन्धित प्रदेशको राजधानीमा बिहान १० बजेदेखि ५ सम्म मतदान भएको थियो।
सत्ता गठबन्धन पार्टीहरु बाहेक जनता दल, शिवसेना र सीपीएम लगायतका विपक्षी पार्टीहरुले पनि मुखर्जीलाई समर्थन गरेका कारण मुखर्जी विजयी हुने संभावना रहेको छ। विपक्षी गठबन्धनमा रहेको ठूलो दल भारतीय जनता पार्टी लगायत अन्य विपक्षीहरुको संगमालाई समर्थन गरेको छ। वर्तमान राष्ट्रपति प्रतिभा पाटिलको कार्यकाल आगामी मंगलबार सकिंदै छ। मतपरिणाम आइतबार सार्वजनिक गरिने र नव राष्ट्रपतिले बुधबार पदभार ग्रहण गर्ने जनाइएको छ।









There are currently no comments on भारतमा राष्ट्रपति पदका लागि निर्वाचन. Perhaps you would like to add one of your own?