बलिउडका नायक राजेश खन्नाको अन्तिम संस्कार गरियो, चलचित्र क्षेत्रमा अपुरणीय क्षति भएको कलाकारहरुको प्रतिक्रिया

Written by admin. Posted in मनोरञ्जन, विशेष

Published on July 19, 2012 with

बलिउडका प्रसिद्ध नायक राजेश खन्नाको आज अन्तिम संस्कार गरिएको छ। खन्नाको ६९ वर्षको उमेरमा हिजो निधन भएको थियो। चलचित्रप्रेमी माझं प्रिय रहेका खन्नाका नेपालमा पनि लाखौं प्रशंसक छन्। उनलाई छोरी टि्वङ्कल र ज्वाई अक्षयकुमारका छोराले दागबत्ती दिएका छन्। बलिउडका सुपरस्टार राजेश खन्नाको श्रद्धाञ्जली समारोहमा हजारौं शुभचिन्तकहरुले उनको दिवंगत आत्माको चिर शान्तीको कामना गरेका छन्।

बलिउडका प्रसिद्ध नायक अमिताभ बच्चनले उनको निधनमा दुःख व्यक्त गर्दै बलिउडले उनको आत्माको शान्तिको कामना गरेको बताएका छन्। भारतको एक भिन्न पहिचानमा रहेको सिनेमा संसार बलिउडलाई अन्तर्राष्ट्रिय समुदायमा चर्चित बनाउन राजेश खन्नाको महत्वपूर्ण भूमिका रहेको छ। उनको श्रद्धाञ्जलिमा उपस्थित बलिउडका सबै कलाकारले अभिभावक गुमाएको प्रतिक्रिया दिएका छन। सन् उन्नाइस सय साठीको दशकमा सिनेमा क्षेत्रमा प्रवेश गरेका खन्नाले बलिउडमा नयां शैली भित्र्याएका थिए।

उनले भारतीय सिनेमा रोमान्स शैलीको पबबेश गराएका हुन्। सन् उन्नाइस सय ६५ मा भएको एक प्रतियोगिताबाट बलिउड सिनेमा प्रवेश गरेका खन्नाको भारतीय सिनेमालाई उचाइमा पुर्‍याउन महत्वपुर्ण योगदान रहेको छ। आराधना, खामोशी, अमर प्रेम, प्रेम नगर, आवाज, अवतार, हम दोनो, आनन्द लगायका सिनेमाहरुको आज पनि चर्चाको शिखरमा रहेका छन्।

खन्ना नेपालीहरुमाझं पनि उत्तिकै प्रिय छन्। उनको निधनमा नेपाली कलाकार लगायत उनका प्रशंसकहरुले दुःख व्यक्त गरेका छन्। सन् उन्नाइस सय असीको दशकमा उनको गेटअप र हेयरस्टाइलको निकै चर्चा भएको थियो। खन्नाको निधनप्रति भारतीय प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस नेतृ सोनिया गान्धी, पाकिस्तानी प्रधानमन्त्री र बलिउडका कलाकारहरुले दुःख प्रकट गरेका छन्।

facebook comments:

Leave a Comment