फ्रान्सेली सैनिकको हत्या गर्ने अफगानी सैनिकलाई मृत्युदण्डको सजाय

Written by admin. Posted in विदेश, विशेष

Published on July 17, 2012 with

अफगानिस्तानमा गत जनवरीमा ५ फ्रान्सेली सैनिकको हत्या गर्ने अफगानी सैनिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ। अफगानिस्तानको सैन्य अदालतले अफगानी सैनिक अब्दुल सबुरलाई मृत्युदण्डको सजाय सुनाएको हो। नेटो सेना र अफगानी सेनाको संयुक्त कार्यका बेला अब्दुलले नेटो सेनामाथि १ सय भन्दा बढी गोली चलाएका थिए, जहां ५ फ्रान्सेली सैनिकको मृत्यु भएको थियो भने केही नेटो सेना घाइते भएका थिए।

अब्दुलले आफुलाई सुनाइएको मृत्युदण्ड फैसलाबारे पुनः अपिल गर्न सक्ने अधिकारीहरुले बताएका छन्। अब्दुल अन्तर्राष्ट्रिय सैनिकको हत्याको अभियोगमा सजाय पाउने पहिलो अफगानी सैनिक हुन्। अब्दुलको मानसिक सन्तुलन गुमेको प्रतिवेदन पनि सार्वजनिक गरिएको छ। आफ्ना सैनिकको मृत्युपछि फ्रान्स सरकारले अफगानिस्तानबाट आफ्ना सेना आंशिक रुपमा फिर्ता बोलाउन सुरु गरिसेको छ। मानवअधिकारवादीहरुले भने मृत्युदण्डको सजायको विरोध गर्दै फ्रान्स सरकारलाई मृत्युदण्डको फैसला खारेज गर्न आग्रह गरेका छन्। यस वर्षमात्र अफगानिस्तानमा १८ नेटो सेनाको मृत्यु भैसकेको छ।

facebook comments:

Leave a Comment