Articles Posted on July 17th, 2012

  • kp-oli

    अब बन्ने राष्ट्रिय सहमतिको सरकारको नेतृत्व नेकपा एमाले लिन तयार : केपी आली

    नेकपा एमालेका प्रभावशाली नेता केपी आलीले अब बन्ने राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कांग्रेसले लिन तयार नभए नेकपा एमाले अघि सर्ने बताउनुभएको छ । दक्षिण अफि्रका सम्पन्न कम्युनिष्ट पार्टीहरुको १३ औं महाधिबेशनमा भाग लिई आज स्वदेश फकर्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता ओलीले अवको सरकारको नेतृत्व नेपाली कांग्रेसले लिन तयार नभए आफुहरु सरकारको [...]

  • Banma-chappa

    राष्ट्रिय सतर्कता केन्द्रद्वारा बन मन्त्रालयको योजना शाखामा छापा

    राष्ट्रिय सतर्कता केन्द्रले बन मन्त्रालयको योजना शाखामा छापा मारी काठमाडौं सेतीदेवी गाविसको हात्तीवनस्थित हिमालयन हाइट रिसोर्ट सञ्चालनका लागि भएको सम्झौताको कागजात नियन्त्रणमा लिएको छ। सरकारी स्वामित्वको वन क्षेत्रभित्र सञ्चालित रिसोर्टका लागि मन्त्रालयले दिएको अनुमति त्रुटीपूर्ण रहेको उजुरी परेपछि सतर्कता केन्द्रले आज वन मन्त्रालयको योजना शाखामा छापा मारी मन्त्रालय र रिसोर्ट सञ्चालकबीच भएको सम्झौता लगायतका कागजात [...]

  • Chada-Chaupai

    छाडा चौपाया

    विरोध होस् वा समर्थन अथवा विजयउत्सव नै किन नहोस्, सबैको रोजाइमा पर्छ, सडक। यो वा त्यो कारणले सडक सबैको साझा थलो बन्ने गरेको छ। हिजो आज त जथाभावी छोडिएका चौपायाले पनि सडकलाई नै बासस्थान बनाउंदा सवारी चालक तथा पैदलयात्रीले सास्ती बेहोर्नुपरेको छ। राजधानी काठमाडाकौंका सडकहरु त्यसै त साघुंरो छन्, त्यसमाथि अत्याधिक मात्रामा सवारी साधनको चापले [...]

  • engineering

    आर्किटेक्चरका बारेमा जानकारी गराउन पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुद्वारा प्रदर्शनको तयारी

    आम जनमानसमा आर्किटेक्चरका बारेमा जानकारी गराउन र आफुले सिकेका ज्ञानलाई व्यावहारिक रुपमा उजागर गर्ने उद्देश्यका साथ पुल्चोक इन्जिनियरिङ क्याम्पसका आर्किटेक्चर संकायका विद्यार्थीहरुले प्रदर्शनी गर्ने भएका छन्। राजधानिमा आज पत्रकार सम्मेलनको आयोजना गरि उनिहरुले साउन पांच गतेदेखि सात गतेसम्म प्रदर्शनीको आयोजना हुने जानकारी गराएका हुन्। आर्किटेक्चरलाई देशव्यापि बनाउन र यसको सम्भावनाका विषयमा समेत प्रदर्शनी प्रभावकारि हुने [...]

  • afghanistan

    फ्रान्सेली सैनिकको हत्या गर्ने अफगानी सैनिकलाई मृत्युदण्डको सजाय

    अफगानिस्तानमा गत जनवरीमा ५ फ्रान्सेली सैनिकको हत्या गर्ने अफगानी सैनिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ। अफगानिस्तानको सैन्य अदालतले अफगानी सैनिक अब्दुल सबुरलाई मृत्युदण्डको सजाय सुनाएको हो। नेटो सेना र अफगानी सेनाको संयुक्त कार्यका बेला अब्दुलले नेटो सेनामाथि १ सय भन्दा बढी गोली चलाएका थिए, जहां ५ फ्रान्सेली सैनिकको मृत्यु भएको थियो भने केही नेटो सेना घाइते [...]

  • women-football

    १४ औं एनसेल महिला राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत रुपन्देहीले सफलता हात पार्न सफल

    १४ औं महिला राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा रुपन्देहीले सफलता हात पारेको छ। बाराको सिमरामा सन्चालित आजको पहिलो खेलमा रुपन्देहीले सुनसरीलाई एक शून्य गोल अन्तरले पाखा लगाएको हो। खेलको सुरुवातबाटै रुपन्देहीले दबाबयुक्त खेल खेलेको भएपनि ८४ औं मिनेटमा गएरमात्रै गोल गर्न सफल भएको थियो। रुपन्देहीका लागि अन्जना श्रेष्ठले निर्णायक गोल गरेकी थिइन्। यसैबीच, पोखरामा [...]

  • America-drought

    अमेरिकाको ५५ प्रतिशत भूभाग खडेरीको चपेटामा

    अमेरिकामा सन् उन्नाइस सय छपन्न यताकै ठूलो खडेरी परेको छ। राष्ट्रिय सामुन्द्रिक तथा वतावरणीय प्रशासन एनओएएका अनुसार अमेरिकामा ५ दशक यताकै ठूलो खडेरी परेको हो। अमेरिकाको ५५ प्रतिशत भूभाग खडेरीको चपेटामा रहेको र ८० प्रतिशत भूभागमा खडेरीको असर देखिएको एनओएएले जनाएको छ। अमेरिकी कृषि विभागले २६ राज्यमा खडेरीको प्रकोप रहेको घोषणा गरेको छ। खडेरीको कारण [...]

  • india-and-pakistan

    भारत र पाकिस्तानबीचको मैत्रीपूर्ण क्रिकेट शृंखला पुनः सुचारु

    सन २००७ देखि रोकिएको भारत र पाकिस्तानबीचको मैत्रीपूर्ण क्रिकेट शृंखला पुनः सुचारु हुने भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आउंदो डिसेम्बर र जनवरीमा पाकिस्तानलाई भारत भ्रमणका लागि निम्तो दिएपछि मैत्रीपूर्ण शृंखला पुनः सुरु भएको हो। भारतले तीन एकदिवसीय म्याच र दुई ट्वान्टी ट्वान्टी म्याचका लागि पाकिस्तानलाई भ्रमणको निम्तो दिएको हो। पाकिस्तानले पछिल्लो पटक सन् २००७ [...]

  • Biratnager-bhansar

    भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा ६८ करोड रुपैंया बढी राजस्व असुली

    विराटनगर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय विराटनगरले लक्ष्य भन्दा ६८ करोड रुपैंया बढी राजस्व असुली गरेका छन्। भन्सार कार्यालयले आर्थिक वर्ष ०६८/६९मा १० अर्ब ८६ करोड रुपैयां राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा आर्थिक वर्षको अन्त्यसम्ममा ११ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन भएको जनाएको छ। लक्ष्य भन्दा ४८ करोड रुपैयां बढी राजश्व संकलन भएको [...]

  • prachanda

    ०६२ सालमा भएको बाह्र बुंदे सहमतिअनुरुप सहमतिको यात्रा अघि बढाउनुपर्ने प्रचण्डको भनाई

    विस्तारित बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुकाबीचमा ०६२ सालमा भएको बाह्र बुंदे सहमतिअनुरुप सहमतिको यात्रा अघि बढाउनुपर्ने बताउनुभएको छ। बाह्र बुंदेको मर्मअनुरुप राज्यपुनर्संरचनाका विषयमा दलहरु एक हुन नसक्दा राजनीतिक गतिरोध पैदा भएको उहाँले बताउनुभयो। संविधानसभाबाट पहिचानयुक्त संघीयतासहितको संविधान जारी गर्नुको विकल्प नभएकाले त्यसमा पार्टी प्रतिबद्ध रहेको उहाँको भनाइ [...]