असाहाय बृद्धाहरुलाई सहयोग गर्दै ब्ल्याक नाईट प्याकअप

Written by admin. Posted in मनोरञ्जन

Published on July 15, 2012 with

एक दिन पनि सुटिङ ब्रेक नगरी निरन्तर फ्लोरमा रहेको मधुसन भट्टराई निर्देशित फिल्म ‘ब्ल्याक नाईट’ को ३०औँ दिनका दिन प्याकअप गरिएको छ । सडक बालबालिकाको कथामा आधारित सो फिल्मलाई वर्ल्ड टच एक्सप्रेस प्रालिको ब्यानरमा हिराज बाबु खत्रीले निर्माण गरेका हुन् ।

आज शनिबार सो फिल्मको शान्तिनगर स्थित जेष्ठ नागरिक आवास गृहमा रहेका करिब २० जना बृद्ध महिलाहरुलाई खान पिन गराउदै केही आर्थिक रकम सहयोग सहित ईन्डक्ल्याप गरिएको हो । ‘दशैको छेकोमा रिलिज गर्ने विचार छ’, ईन्डक्ल्याप पश्चात ब्ल्याक मेल डेब्यू डाईरेक्टर भट्टराईले भने । उनीद्धारा निर्देशित पहिलो फिल्म ब्ल्याक मेल भदौ २९ देखि रिलिज हुने भएकाले प्रमोशनको चटारो पनि छ उनलाई ।

सम्पूर्ण कलाकार नयाँ चयन उक्त फिल्ममा सुरज चिलवाल, निशा रिजाल, मोनिका दाहाल, बिक्रम आदित्य शाह, चन्द्र नेपाल, सिमा शाही ठकुरी, अप्सरा घिमिरे, अनुपा कार्की लगायतका कलाकार छन् । फिल्ममा विकाश चौधरी र निर्माता गोर्खालीको संगीत, शम्भु सापकोटाको छायाँकन, चन्द्र पन्तको द्धन्द, प्रदिप श्रेष्ठ र कविराज गहतराजको नृत्य तथा शिबम अधिकारीको लेखन रहेको छ ।

 साभार : फिल्मी खबर

facebook comments:

Leave a Comment