Articles Posted on July 15th, 2012

  • Obama

    भारतले खुद्रँ व्यापारमा विदेशी लगानीमाथि लगाएको प्रतिबन्धप्रति ओबामाद्वारा चिन्ता व्यक्त

    भारतले खुद्रँ व्यापारमा विदेशी लगानीमाथि लगाएको प्रतिबन्धप्रति अमेरिकी राष्ट्रपति बाराक ओबामाले चिन्ता व्यक्त गरेका छन्। खुद्रा व्यापार लगायत अन्य क्षेत्रमा विदेशी लगानीलाई प्रतिबन्ध लगाउंदा भारतीय अर्थव्यवस्थामा असर पर्ने ओबामाले बताएका छन्। भारतको अर्थव्यवस्था निकै प्रभावशाली ढंगबाट अगाडि बढिरहेको तर, हाल अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेको आर्थिक मन्दीको कारण आर्थिक विकासमा कमी आएको उनले बताए। भारत सरकारले आर्थिक [...]

  • Photo-pradarsani

    बडीमालिका र खप्तड क्षेत्रको धार्मिक तथा प्राकृतिक सुन्दरतालाई फोटो मार्फत प्रदर्शनी

    नेपाल भौगोलिक तथा प्राकृतिकरुपमा निकै सुन्दर मानिन्छ। तर, प्राकृतिक रुपले सुन्दर ठाउंहरु पनि राज्यको आंखा नपुग्दा ओझेलमा छन्। सुन्दर भएर पनि सुदूरपश्चिमका बडीमालिका र खप्तड क्षेत्रले अझै चर्चा पाउन सकेका छैनन्। लामो समयदेखि फोटो पत्रकारिता गर्दै आएका बालकृष्ण थापा क्षेत्री बडिमालिका र खप्तड क्षेत्रलाई राजधानी ल्याइदिएका छन्, फोटो मार्फत। आफ्नो यात्राका क्रममा संकलन गरिएका तस्वीरहरुलाई [...]

  • HTV-website-picture

    नवलपरासीको त्रीवेणीमा बस दुर्घटना, ३९ जनाको मृत्यु भएको छ भने १० जना घाइते

    नवलपरासीको भारतीय सीमा क्षेत्र झुलनीपुरबाट तीर्थयात्री लिएर त्रिवेणीधाम गइरहेको बस त्रिवेणी सुस्ता गाबिसको लक्ष्मीपोखरी नजिकै गण्डक नहरमा खस्दा ३९ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। तीर्थ यात्री बोकेर नवलपरासीको झुलनीपुरबाट त्रिवेणी गइरहेको लु १ ख २३५६ नम्बरको बस गण्डक नहरमा खसेर दुर्घटना भएको हो। घटनास्थलबाट प्रहरीले ३९ जनाको शव निकालेको छ। [...]

  • sher-bahadur-deuba

    सहमति विना घोषणा गरिएको चुनाव कुनै पनि हालतमा हुन नसक्ने : शेरबहादुर देउवा

    नेपाली कांगे्रसका वरिष्ठ नेता शेरबहादुर देउवाले दलहरुबीचको सहमति विना घोषणा गरिएको चुनाव कुनै पनि हालतमा हुन नसक्ने बताउनुभएको छ। आज राजधानीमा आयोजित खप्तड–मालिका फोटो प्रर्दशनी कार्यक्रमको उद्घाटन गर्दै नेता देउवाले प्रधानमन्त्रीले विना सहमति घोषणा गरिएको चुनावको कुनै औचित्य नभएको बताउनुभयो। देउवाले प्रधानमन्त्रीले तत्काल पदत्याग गरी सबै दललाई सहमतिमा लिई देशलाई निकास दिनुको कुनै विकल्प नभएको [...]

  • japan-south

    जापानको दक्षिणी टापु क्युसुमा लगातार वर्षापछि आएको बाढीबाट २९ जनाको मृत्यु

    जापानको दक्षिणी टापु क्युसुमा लगातार वर्षापछि आएको बाढीबाट उन्तीसजनाको मृत्यु भएको छ। लगातार ३ दिनको वर्षँपछि आएको बाढीबाट लाखौं नागरिक प्रभावित भएकोे बताइएको छ। बाढीमा हराइरहेका १० जनाको खोजी कार्य जारी छ। जापान सरकरले २ लाख ५० नागरिकहरुलाई घर छाडेर सुरक्षित स्थानमा जान निर्देशन दिएको छ। जापान सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी राखेको [...]

  • media-cup

    इमेज च्यानल मिडियाकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश

    डिफेन्डिङ च्याम्पियन इमेज च्यानल राजधानीमा जारी मिडियाकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। लगनखेलस्थित बुद्धि बिकासको खेल मैदानमा भएको खेलमा फोटो जर्नालिस्ट क्लब पिजे क्लबलाई ट्राइब्रेकरमा ६–५ ले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टिमले तीन्ा तीन गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरका आधारमा गरिएको हो। ईमेजका लागि देवेन्द्र महर्जन, सुनील ताम्राकार, [...]

  • mantriparisadh-baithak

    सरकारद्वारा एक तृतीयांश बजेट घोषणा

    सरकारले आज एक तृतीयांश बजेट ल्याउंदै छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले एक तृतीयांश बजेट ल्याउने निर्णय गरेको हो। दलहरुसंगको सहमति अनुसार एक तृतीयांश बजेट ल्याउने निर्णय गर्दै सरकारले राष्ट्रपति समक्ष स्वीकृतिका लागि आर्थिक अध्यादेश प्रस्तुत गरिसकेको छ। प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र अर्थमन्त्री वर्षमान पुनले आर्थिक अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस [...]

  • बस दुर्घटना हुंदा २७ जना घाइते

    बस दुर्घटना हुंदा २७ जना घाइते

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना हुंदा २७ जना घाइते भएका छन्। चितवनवाट धरान गइरहेको ना ४ख ४५५४ नम्बरको बस मनहरीस्थित रजैयामा पल्टिदां २७ जना घाइते भएका हुन्। घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ। बस सडकमा चिप्लिएर करिब ४० फिट तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरुको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दिपेन्द्र [...]

  • कन्काई नदी बस्तीमा पसेर झापामा सयौं बिगाहा जमीन कटान

    कन्काई नदी बस्तीमा पसेर झापामा सयौं बिगाहा जमीन कटान

    कन्काई नदी बस्तीमा पसेर झापामा सयौं बिगाहा जमीन कटान गरेको छ। झापाको माहाभारा गाविसस्थित रङ्गियाथानमा रहेको जनताको तटबन्ध भत्काएर कन्काई नदीमा आएको बाढीले सयौं बिगाहा खेतीयोग्य जमिन कटान गरेको हो। भारतसंग सीमा जोडिएको महाभारा गाविस कन्काई नदीको उच्च जोखिममा पर्दै आएको छ। गतवर्ष जनताको तटबन्ध अन्तर्गत करीब तीन करोड रुपैयांको लागतमा बांध निर्माण गरिएको थियो। [...]

  • prime-story-video

    This article contains a video.