सिरियाका प्रर्दशनकारीहरुले कोफी अन्नानलाई सिरियाका लागि विशेष दुतबाट संयुक्त राष्ट्रसंघले हटाउनुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघ र अरब लिगका संयुक्त रुपमा अन्नानलाई सिरियाको द्वन्द्व अन्त्यको लागि दुतमा नियुक्त गरेको थियो। तर, अन्नानको उपस्थितिमा पनि सिरियामा हिंसात्मक घटनामा कमी नआएको भन्दै प्रदर्शनकारीहरुले अन्नानलाई सिरियाको दुतबाट हटाउनुपर्ने माग राखेका हुन्।
विपक्षीहरुले सिरियामा सर्वसाधारण नागरिकको जीवन रक्षाका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले कडा नियम ल्याउनुपर्ने माग राखेका छन्। उनीहरुले द्वन्द्व अन्त्यका लागि प्रभावकारी कदम चाल्नको लागि राष्ट्रसंघीय सुरक्षा परिषद्लाई आग्रह गरेका छन्। हामा प्रान्तमा भएको पछिल्लो आक्रमणमा दुई सयभन्दा बढीको नागरिकको मृत्यु भएको छ। विपक्षीहरुले सेनाले सर्वसाधारण नागरिक र आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएका छन्।
सिरियामा सरकारविरोधी द्वन्द्व सुरु भएको १६ महिना यता एकै पटक यति धेरै संख्यामा नागरिकको मृत्यु भएको यो पहिलो पटक हो। सेनाले ट्याङ्क र हेलिकप्टरको माध्यमबाट बम विष्फोट गराएको विपक्षीहरुले बताएका छन्। सिरियाको सरकारी संचार माध्यमले भने सिरियाको द्वन्द्व अन्त्यको विषयमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा बैठक भइरहेका बेला विद्रोहीले आक्रमण गरेका बताएका छन्। चार दिनअघि मात्र सिरियाका राष्ट्रपति बसर अल असाद र सिरियाका लागि विशेष दुत कोफी अन्नानबीच शान्ति सम्झौता कार्यान्वयन गर्ने सहमति भएको थियो। सिरियामा गत १६ महिनादेखि जारी सरकारविरोधी द्वन्द्वमा १६ हजारको मृत्यु भैसकेको विपक्षीहरुले बताएका छन्।








There are currently no comments on सिरिया. Perhaps you would like to add one of your own?