सिरियाका प्रर्दशनकारीहरुले कोफी अन्नानलाई सिरियाका लागि विशेष दुतबाट संयुक्त राष्ट्रसंघले हटाउनुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघ र अरब लिगका संयुक्त रुपमा अन्नानलाई सिरियाको द्वन्द्व अन्त्यको लागि दुतमा नियुक्त गरेको थियो। तर, अन्नानको उपस्थितिमा पनि सिरियामा हिंसात्मक घटनामा कमी नआएको भन्दै प्रदर्शनकारीहरुले अन्नानलाई सिरियाको दुतबाट हटाउनुपर्ने माग राखेका हुन्। विपक्षीहरुले सिरियामा सर्वसाधारण नागरिकको जीवन रक्षाका लागि संयुक्त [...]
सेवा सुविधा वृद्धि लगायतका छयालीस बुंदे माग राख्दै स्वावलम्बन लघुवित्त विकास बैंकका कर्मचारीहरु सम्पूर्ण सेवा बन्द गरी दश दिनदेखि आन्दोलनमा छन्। दैनिक तथा मासिक ज्यालादारी कर्मचारीलाई नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक दिनुपर्ने, स्थायी प्रकृतिको काममा दुई सय चालिस दिन काम गरेको कर्मचारीलाई स्थायी नियुक्ति गर्नुपर्ने, संस्थाको मुनाफाको आधारमा तलब बृद्धि गर्नुपर्ने लगायतकामाग राख्दै कर्मचारीहरु आन्दोलनमा [...]
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको जस्तै राजनीतिक गम्भीरता अन्य दलका नेतामा नहुंदा राजनीतिक निकास प्राप्त हुन नसकेको बताएका छन्। आफ्ना प्रायजसो मन्तव्यमा स्वर्गीय नेता कोइरालालाई सम्झने गरेका माओवादी अध्यक्ष प्रचण्डले सद्भावना पार्टीले आयोजना गरेको अन्तर्क्रियामा कोइरालाको स्मरण मात्रै गरेनन्, अन्य दलहरुले बाह्र बुंदे सहमतिको मर्मअनुरुप परिवर्तनलाई आत्मसात गर्न सके [...]
तपाईं सम्मानित हुनु भयो वा पुरस्कृत हुनु भयो भने खुसि हुनुहुन्छ कि दुःखि? सायद, खुसि नहुने र दुःखि हुने कोही पनि हुदैन होला। तर, भानु जयन्तिको अवशरमा शुक्रवार सरकारले गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पुरस्कृत हुनेहरु खुसि भएनन्। उनीहरु दुःखि भए र गुनासो पोखे। हरेक बर्ष झैं यस बर्ष पनि संस्कृति, पर्यटन तथा नागरिक [...]
भक्तपुरको भाषासेवी वचत तथा ऋण सहकारी संस्थाले भक्तपुरका किसानलाई ८५ बोरा मल वितरण गरेको छ। लामो समयदेखि मल वितरण गर्दै आएको सहकारीमा मल माग्ने धेरै किसानको निवेदन आएपछि कृषि सामग्री केन्द्रबाट ८५ बोरा मल ल्याई सहकारीले किसानहरुलाई वितरण गरेको हो। एकै व्यक्ति दोहोरो मल बुझ्न सक्ने आशंका व्यक्त गर्दै सहकारीले मल लैजाने व्यक्तिको नागरिकताको फोटोकपी [...]
नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले केही उच्च माध्यामीक विद्यालयहरुले विदेशी नाम राखेर भड्किलो विज्ञापन गरी शैक्षिक क्षेत्रमा आर्थिक ब्रम्हलुट गरेको भन्दै त्यस्ता कार्यमा तत्काल रोक लगाउन माग गरेको छ। अखिल क्रान्तिकारीले उच्च माविका भड्किलो विज्ञापन रोक्नु पर्ने, विदेशी नाम राखेकालाई हटाउन लगाउनु पर्ने, छात्रवृत्ति कोटा वृद्धि गरी पारदर्शी ढंगले वितरण गर्नुपर्ने लागएत ७ बुदें माग सहितको [...]
चीनमा पछिल्लो तीन महिनामा तीन वर्षयताकै न्युन आर्थिक कारोबार भएको छ। चीनको राष्ट्रिय तथ्याङ्क विभागले पछिल्लो तीन वर्ष यताकै कम आर्थिक वृद्धिको प्रतिवेदन सार्वजनिक गरेको छ। पछिल्लो तीन महिना यता चीनको आर्थिक विकास ७ दशमलव ६ प्रतिशत पुगेको छ। सन् २०१२को सुरुवातका तीन महिनामा चीनको आर्थिक वृद्धिदर ८ दशमलव १ रहेको थियो। युरोपेली मुलुकमा आर्थिक [...]
लामो समय बाराको हलखोरिया जङगलमा तपस्या गरेका रामबाहादुर बमजनको तपस्यास्थलमा निर्माण गरिएका भौतिक संरचना भत्काइएकोप्रति विभिन्न धार्मिक तथा जातीय संघसंगठनहरुले आपत्ती जनाएका छन्। राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरी बोधी श्रवण धर्म संघ, नेपाल तामाङ घेदुङ लगायतका संघसंस्थाहरुले सम्बन्धित निकायको स्वीकृतीमा निर्माण गरिएका गुम्बा लगायतका भौतिक संरचना भत्काएकोप्रति अपत्ती जनाएका हुन्। उनीहरुले बमजनको तपस्या भङ्ग [...]
नेकपा–माओवादीका उपाध्यक्ष एवम् अन्तर्राष्टिय विभाग इञ्चार्ज सीपी गजुरेलले नेपाल र चीनबीच कुनै पनि विवाद नभएको बताउनु भएको छ। राजधानीमा आज नेपाल चीन जनमैत्री समाजले गरेको नेपाल चीन मैत्री सम्बन्ध र जनमैत्रीको महत्व विषेयक अन्तर्क्रियामा गजुरेलले नेपाल र चीनको सम्बन्ध ऐतिहासिक भएको र दुई देशबीच कुनै पनि कटुता नरहेको दावी गर्नुभयो। गजुरेलले मुलुकको वर्तमान अवस्था जटिल [...]
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले अहिलेकै अवस्थामा संविधानसभाको पुनर्स्थापना असम्भव रहेको बताउनु भएको छ। जनकपुरमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष भण्डारीले संघीयताको मुद्दालाई कमजोर पार्दै संघीयताविरोधी म्याण्डेट तयार गर्न पटक पटक संविधानसभाको म्याद थप गरेका प्रमुख दलहरु नै फेरि संविधानसभा पुनर्स्थापना गर्न लागेको आरोप लगाउनुभयो। अध्यक्ष भण्डारीले वर्तमान गतिरोधको निकासका लागि सहमतिको विकल्प [...]