Articles Posted on July 11th, 2012

  • yemen

    यमनको राजधानी सानामा आत्मघाती विष्फोटमा २२ जनाको मृत्यु

    यमनको राजधानी सानामा रहेको प्रहरी विद्यालयमा भएको आत्मघाती विष्फोटमा २२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश प्रहरी विद्यालयकै विद्यार्थीहरु रहेको बताइएको छ। विद्यार्थीहरु पढाइ सकेर फर्किने तयारीमा रहेका बेला बिष्फोट भएको बताइएको छ। बिष्फोटमा दर्जजौं घाइते भएको र उनीहरुको उपचार भइरहेको जानकारी गराइएको छ। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। इस्लामिक [...]

  • Krishna-prasadh-sitaula

    १० दिन भित्र राजनीतिक सहमति नभए मुलुक नियन्त्रण बाहिर जाने : कृष्णप्रसाद सिटौला

    नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले १० दिन भित्र राजनीतिक सहमति नभए मुलुक नियन्त्रण बाहिर जाने बताउनुभएको छ। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै महामन्त्री सिटौलाले दलहरुबीच सहमति नभए मुलुकमा नयाँ शक्ति हावी हुन सक्ने चेतावनी दिनुभयो। उंहाले दलहरुबीचको हानाथापले पछिल्लो समय नेपालको राजनीति तरल अवस्थामा पुगेको र अराजक तत्वले चलखेल गरिरहेको बताउनुभयो। कानुनी रुपमा दोस्रो संविधानसभाको [...]

  • congress-yemala

    राजनीतिक अवस्थाबारे धारणा तय गर्न नेपाली कांग्रेसद्वारा जिल्ला सभापतिहरुको भेला

    पछिल्लो राजनीतिक अवस्थाबारे धारणा तय गर्न साउन दोस्रो साता नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेला बोलाएको छ। साउन १० गतेदेखि सिन्धुपाल्चोकमा हुने जिल्ला सभापतिहरुको भेलाले पछिल्लो राजनीतिक अवस्थाबारे धारणा तय गर्ने र संगठन सुदृढीकरणबारे निर्णय लिनेछ। अघिल्लो वर्ष जेठ २८ र २९ मा काभ्रेको धुलिखेलमा कांग्रेसका जिल्ला सभापतिहरुको भेला भएको थियो। त्यसको एक वर्षपश्चात सिन्धुपाल्चोकमा कांग्रेस [...]

  • karmachayra

    कर्मचारी प्रशासनले चुस्तरुपमा काम नगर्दा राजनीतिक नेतृत्वले सफलता पाउन सकेन

    नेपालको राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनबीचको टकराव नौलो विषय होइन। स्थायी सरकारका रुपमा लिइने कर्मचारी प्रशासनले चुस्तरुपमा काम नगर्दा राजनीतिक नेतृत्वले सफलता पाउन नसकेको गुनासो एकातिर छंदै छ भने कर्मचारीको स्वेच्छाचारिताका कारण सेवाग्राही आम जनताले सेवा पाउन नसकेको अनुभव पनि छ। कर्मचारीमा देखिने राजनीतिक प्रवृत्ति अझै अहितकर छ। बुधबार प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि कर्मचारीका [...]

  • Nirbachan-aayog

    मतदान प्रक्रिया नियमको खारेजी हुनुपर्ने भन्दै निर्वाचन आयोगलाई ज्ञापन पत्र

    नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले २०६३ साल मंसिरसम्म १८ वर्ष पुगेका नागरिकले मात्र मतदान प्रक्रियामा भाग लिन पाउने नियमको खारेजी हुनुपर्ने भन्दै आज निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाएको छ। विक्रम सम्वत् २०६३ सालसम्म १८ वर्ष पुगेका नागरिकलाई मात्र आगामी निर्वाचनमा मताधिकार दिंदा त्यसपछि १८ वर्ष पुगेका करिब १८ लाख युवा मताधिकारबाट बञ्चित हुने [...]

  • media-cup

    दक्षिण एसियाली खेलकुद पत्रकार महासंघ र एभिन्युज टेलिभिजन मिडिया कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश

    दक्षिण एसियाली खेलकुद पत्रकार महासंघ र एभिन्युज टेलिभिजन राजधानीमा जारी मिडिया कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन । लगनखेलस्थित बुद्धिबिकास मण्डलको खेल मैदानमा भएको खेलमा कारोबार दैनिकलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै दक्षिण एसियाली खेलकुद पत्रकार महासंघ क्वार्टरफाइनल प्रवेश गरेको हो। खेलकुद पत्रकार महासंघका लागि एक मात्र गोल पेनाल्टीमार्फत राजेश थापाले गरेका थिए। [...]

  • prime-story-video

    This article contains a video.

  • सेनाध्यक्ष सिंहलाई रामवरण यादवद्वारा नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

    सेनाध्यक्ष सिंहलाई रामवरण यादवद्वारा नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

    नेपालको पांच दिन औपचारिक भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष सिंहलाई राष्ट्रपति डाक्टर रामवरण यादवले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले सेनाध्यक्ष सिंहलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो। भारतीय सेना प्रमुखलाई नेपाली सेनाको र नेपाली सेना प्रमुखलाई भारतीय सेनाको मानार्थ महारथी दर्जा दिने [...]

  • nagaril-kosh

    नागरिक लगानी कोषले आर्थिक वर्षमा १० करोड ८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाउन सफल

    नागरिक लगानी कोषले आर्थिक वर्ष २०६७/६८ को मुनाफाबाट ५ करोड ८९ लाख ४८ हजार रुपैयाँ नगद लाभांश तथा बोनस शेयर वितरण गर्ने भएको छ। कोषको १७ औं वार्षिक साधारण सभामा उक्त कुराको जानकारी गराइएको हो। कोषले सोही आर्थिक वर्षमा गरेको २१ करोड २२ लाख १६ हजार रुपैयाँ कुल आम्दानीबाट ६ करोड १७ लाख २ हजार [...]

  • Bp-hospital

    धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु आन्दोलनमा उत्रिए

    वृद्धि भएको तलब पाउनुपर्ने माग गर्दै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि सेवाग्राही मारमा परेका छन् । कर्मचारी आन्दोलनमा उत्रिएपछि उपचारका लागि पुगेका सेवाग्राही उपचार नगराई फर्किन बाध्य छन्। २०६८ साउनदेखि वृद्धि भएको तलबको एकमुष्ठ रकम पाउनपर्ने माग गर्दै आएका कर्मचारी तथा प्राविधिकहरु बढेको तलब सुविधा नपाएसम्म आन्दोलन नरोक्ने भन्दै आन्दोलनमा उत्रिएपछि [...]