Articles Posted on July 10th, 2012

  • HTV-football-team

    गोरखापत्र दैनिक र टिटिभिले मिडिया कप फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरे

    गोरखापत्र दैनिक र टिटिभिले मिडिया कप फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेका छन। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा गोरखापत्र दैनिकले च्यानल नेपाललाई चार तीन गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ। यसअघि आजै भएको उदघाटन खेलमा सौर्य दैनिकलाई पांच शुन्यको फराकिलो गोल अन्तरले पराजित गर्दै टिटिभिपनि क्वाटरफाइनल प्रवेश गरेको छ। टिटिभिका लागी खेल सुरु [...]

  • Traffice-custody

    आकाशेपुल तथा जेव्राक्रसिङलाइ वेवास्ता गरे ५० रुपैया जरिवाना साथै आधा घण्टा सडक कस्टडीमा बस्नुपर्ला

    यदि तपाइ जथाभावी वा नजिकैको आकाशेपुल तथा जेव्राक्रसिङलाइ वेवास्ता गरेर बाटो काट्दै हुनुहुन्छ भने सावधान। अव यसरी सडकबाटै बाटो काट्दा तपाइले आधा घण्टा ट्राफिकको सडक कस्टडीमा बस्नुपर्ने त छ नै त्यतीमात्रै होइन ५० रुपैया जरिवाना पनि तिर्नुपर्ने र हिरासतमा पनि बस्नपर्नेछ। काठमाडौ उपत्यकाको सवारी चाप र सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम अन्तर्गत [...]

  • Nirbachan-aayog

    निर्वाचन आयोगमा दलहरु अनुपस्थित

    मंसिर सातमा निर्वाचन हुने/नहुने अन्योल कायमै रहेका बेला निर्वाचन आयोगले भने तयारी र छलफललाई तीव्र पारेको छ। निर्वाचनका बारेमा सोमबार सरकारसंग छलफल गरेको आयोगले आज विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुसंग छलफल गर्यो। आयोगले दलका शीर्ष तहका नेताहरुलाई बोलाए पनि दलका दोस्रो तहमा नेताहरु मात्र सहभागी भए। मंसिर सातका लागि तोकिएको संविधानसभाको नयां निर्वाचनका लागि [...]

  • sujata-koirala

    सुजाता कोइरालाद्वारा दलहरुबीच संविधानसभा पुनःस्थापना गर्ने तयारी भइरहेको दाबी

    नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले दलहरुबीच संविधानसभा पुनःस्थापना गर्ने तयारी भइरहेको दाबी गर्नुभएको छ। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेतृ कोइरालाले कांग्रेसले सर्वोच्च अदालतले गरेको निर्णय मान्ने र त्यसैको आधारमा रहेर चुनावमा जाने तयारी भइरहेको बताउनुभयो। उंहाले एकीकृत नेकपा माओवादीले बजेटको नाममा राष्ट्रपतिलाई विवादमा पार्न खोजेको आरोप लगाउनुभयो। राजतन्त्र राख्ने विषयमा दलका नेताहरुले सहमति गरेको [...]

  • basket-ball

    गोल्डेन गेट र प्राइम कलेजले मोर्गन कप बास्केटबल प्रतियोगिताको उपाधि हात पार्न सफल

    गोल्डेन गेट र प्राइम कलेजले मोर्गन कप १२ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि हात पारेका छन। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषतर्फको फाइनलमा नासा कलेजलाई ७९–७१ ले हराउदै गोल्डेनगटले लगातार चौथौ पटक उपाधि हात पारेको हो। तेस्रो क्वाटरको समाप्तिसम्म दुवै टोली ६१–६१ को बराबरी स्थितिमा रहेका थिए। गोल्डेनगेटले पहिलो [...]

  • sarbadaliya

    सर्वदलीय बैठक अपडेट

    एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा नेपाली कांग्रेस र नेकपा एमालेलगायतका विपक्षी दल सर्वदलीय बैठकमा सहभागी हुन सहमत भएका छन्। बजेट लगायत विवादित विषयमा सहमति जुटाउन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बोलाउनु भएको सर्वदलीय बैठक विपक्षी दलले बहिष्कार गरेपछि माओवादी अध्यक्ष प्रचण्डले बैठकको पहल गर्नुभएको हो। अपरान्ह बस्ने सर्वदलीय बैठकमा बजेट र राजनीतिक निकासका [...]

  • Hisila-Yami

    राजनीतिक दलहरु असफल भए पूर्व राजा ज्ञानेन्द्र शाहको प्रभाव बढ्ने : हिसिला यमी

    एकीकृत नेकपा माओवादीकी नेतृ हिसिला यमीले राजनीतिक दलहरु असफल भए पूर्व राजा ज्ञानेन्द्र शाहको प्रभाव बढ्ने बताउनु भएको छ। राजधानीमा आज आयोजित साक्षात्कार कार्यक्रममा नेतृ यमीले राजनीतिक दलहरु आपसमा मिलेर गए मात्रै जनताले प्राप्त गरेका अधिकारहरु संस्थागत हुने बताउनु भएको हो। उंहाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन मुलुकले पूर्ण बजेट खोजेको दावी गर्दै यसका लागि विपक्षीदलहरुलाई [...]

  • budget

    बजेट फ्रिज

    आर्थिक वर्ष सकिन लाग्दासमेत विकास निर्माणका लागि विनियोजित रकम खर्च हुन नसकी बजेट फ्रिज हुन लागेपछि जिल्ला विकास समिति मोरङमा कागजीरुपमा काम पूरा गराएर रकम लिनेको भीड बढेको छ। अन्य समयमा सुनसान रहने जिल्ला विकास समितिमा आर्थिक वर्षको अन्त्यसंगै काम भएको कागजी प्रमाण बनाउनेहरुको भिड लागेको हो। आर्थिक बर्षको अन्तिममा विकास बजेटको खर्च विवरण निकाल्न [...]

  • rasuwa-bhawan

    जिल्ला शिक्षा कार्यालय रसुवाको भवन जीर्ण

    जिल्ला शिक्षा कार्यालय रसुवाको भवन जीर्ण भएपछि कार्यालय संचालनमासमेत समस्या भएको छ। कार्यालयको आफ्नै भवन नहुँदा अहिले ६ वटा फांट एकै कोठाबाट संन्चालन गर्नु परेकाले कागजपत्रसमेत सुरक्षित नभएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। भवन निर्माणका लागि पटक–पटक शिक्षा विभागमा पत्राचार गरे पनि सुनुवाइ नभएकाले कार्यालय संचालनमा समस्या भएको निमित्त जिल्ला शिक्षा अधिकारी वैकुण्ठ झाले बताउनुभयो। [...]

  • Maoist-Flag

    एकीकृत नेकपा माओवादीको पोलिटव्युरो बैठक स्थगित

    आज बस्ने भनिएको एकीकृत नेकपा माओवादीको पोलिटव्युरो बैठक स्थगित भएको छ। बजेट लगायत राजनीतिक विषयवस्तुमा विपक्षी दलहरुसंग सहमतिका लागि गम्भीर छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको हो। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रस्तावमा सदस्यहरुले आ–आफ्नो धारणा राख्ने कार्यक्रम थियो। यसअघि हिजो बसेको बैठकमा अध्यक्ष प्रचण्डले ३८ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत [...]