तीन लाख भन्दा बढी कम्प्युटरको इन्टरनेट सेवा बन्द

Written by admin. Posted in प्रविधि, विशेष

Published on July 09, 2012 with

अमेरिकी जांच एजेन्सी एफबीआईले विश्वका तीन लाख भन्दा बढी कम्प्युटरको इन्टरनेट सेवा बन्द गर्ने भएको छ। एफबीआईले साइबर अपराध नियन्त्रणको लागि इन्टरनेट सेवा बन्द गरेर अपराधमा संलग्नहरुलाई पक्राउ गर्न खोजेको बताएको छ। इन्टरनेट सेवा बन्द हुने अधिकांश कम्प्युटरहरु अमेरिका र बेलायतमा रहेका भएपनि अन्य राष्ट्रको इन्टरनेट सेवा पनि प्रभावित हुने एफबीआईले जनाएको छ।

साइबर अपराध समूहले सर्भरको माध्यमबाट कम्प्युटरहरुमा भाइरस पठाउने गरेको एफबीआईको ठहर छ। उनीहरुले डोमेन नेम लुक अप नामक एक कार्यप्रणालीको प्रयोगबाट भाइरस पठाउने गरेका छन्। एफबीआईले सन् २०११को नोभेम्बरमा पनि साइबर अपराध गर्ने एक समूहलाई पक्राउ गरेको थियो, जसले ४० लाख कम्प्युटरमा भाइरस पठाएको थियो।

facebook comments:

Leave a Comment