आयात प्रतिस्थापन र निर्यातलाई प्रोत्साहन गर्ने गरी करका दरहरु समायोजन गर्न राजश्व परामर्श समितिले सरकारलाई सुझाव दिएको छ। समितिले विद्यमान राष्ट्रिय आर्थिक नीति, राजश्व, कर तथा गैरकर नीति, राजश्वका दरहरु लगायतका विषयमा अध्ययन गरी तयार पारेको प्रतिवेदनमार्फत यस्तो सुझाव दिएको हो। भन्सार तथा कर छुटको माध्यमबाट स्वदेशी उद्योगको प्रवद्धर्न गर्नुपर्ने, पूर्वाधार विकासमा पर्याप्त लगानी गरी [...]
विभिन्न राजनीतिक दलसम्बद्ध ८ युवा संगठनहरुले युवा स्वरोजगार कोषको रकम मनोमानी ढंगले वितरण गर्ने काम रोक्न सरकारसंग माग गरेका छन्। युवा रोजगार कोषका उपाध्यक्ष डा.पुण्यप्रसाद रेग्मीलाई ज्ञापन पत्र बुझाउंदै नेपाल तरुण दल, युवा संघ, मधेशी युवा फोरम, क्रान्तिकारी युवा संघ लगायतका ८ युवा संगठनका नेताहरुले स्वरोजगार कोषमा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेका हुन्। [...]
गलत समाचार प्रकाशन भएको भन्दै सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ मिलका महिला मजदुरहरुले इटहरीबाट प्रकाशन हुने न्यूज डट कम साप्ताहिकका सम्पादक सोमनाथ बाँस्तोलामाथि हातपात गरेका छन्। उद्योग भित्रको कोलोनीभित्रै महिला मजदुरहरुले राति यौनधन्दा चलाउने गरेको विषयमा प्रकाशित समाचार निराधार भएको भन्दै ज्ञापन पत्र बुझाउन पुगेका आक्रोशित मजदुरहरुले सम्पादक बास्तोलामाथि हातपात गरेका हुन्। समाचार निराधार रहेको र [...]
संयुक्त राष्ट्रसंघ र अरब लिगका विशेष दुत कोफी अन्नान र सिरियाका राष्ट्रपति बसर अल असदबीच सिरियाको द्वन्द्व अन्त्य गर्न सहमति भएको छ। राष्ट्रपति असदले शान्ति सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको सिरियाका लागि विशेषदुत अन्नानले बताएका छन्। राष्ट्रपति असद र अन्नानबीच भएको वार्ता पश्चात अन्नानले असद द्वन्द्व रोक्नको लागि सहमत भएको बताएका हुन्। अन्नानले असदसंग [...]
बुद्धको जीवनीसम्बन्धी वृत्तचित्र बुद्धका पाइलाहरु सार्वजनिक गरिएको छ। आज सार्वजनिक गरिएको वृत्तचित्र नेपाली, अंग्रेजी र जापानी गरी तीन भाषामा रहेको छ। तीस मिनेटको वृत्तचित्रको लेखन तथा निर्देशन मणिराज अर्यालले गरेका हुन्। अर्यालकै गीत रहेको वृत्तचित्रमा माधव उप्रेतीको निर्माण, छायांकन जयराम थापाको छ भने संगीत अर्जुन पोखरेलले भरेका छन्। वृत्तचित्रको संयुक्त राष्ट्र महासंघका पूर्व उपमहासचिव कुलचन्द्र [...]
समाजका विभिन्न अंगमा भ्रष्टाचारको जालो निकै झागिंएको छ। नुनदेखि सुनसम्म भ्रष्टाचारका घटना दिनहुं जसो सार्वजनिक भैरहेका छन्। तर, अस्पताल जस्तो पवित्र स्थानमा काम गर्ने कर्मचारीले नै सामाजिक संस्थाले निःशुल्क उपलब्ध गराएको रगत बिरामीका आफन्तसंग बार्गेनिङ गरी रकम असुलेका छन्। गत असार ९ गते जनकपुरकी शुशिला देवि महतोलाई उपचारका क्रममा चाहिने रगत सामाजिक संस्थाले निःशुल्क रुपमा [...]
जेठ १४ मा संविधानसभा विघटन भएसंगै सरकारले मध्यरातमा नयां संविधानसभाको निर्वाचनको मिति मंसिर सातका लागि तोकिसकेको छ। तर, नयां निर्वाचनका लागि संवैधानिक, कानुनी र राजनीतिक सहमतिको जटिलता अझै सुल्भि्कएको छैन। कानुनी रुपमै निर्वाचनको बाटो नखुलेपछि निर्वाचन आयोगले मन्त्रिपरिषद्को ध्यानाकर्षण गराएको छ। चार वर्षसम्म पनि संविधानसभाले नयां संविधान दिन नसकेपछि गत जेठ १४ गते मध्यरातमा संविधानसभा [...]
नेपाली कांग्रेसका विभिन्न भ्रातृ संगठनले स्पष्ट कार्यदिशा बनाउन पार्टीलाई दबाब दिएका छन्। राजधानीमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालले आयोजना गरेको अन्तर्क्रियामा सहभागी भ्रातृसंगठनका नेताहरुले कांग्रेसले राष्ट्रिय सहमतिको सरकारको मुद्धामा अल्भि्कनुभन्दा पनि आफनो एजेण्डा तय गर्नुपर्ने बताए। कार्यक्रममा सहभागी उनीहरुले कांग्रेसले लोकतान्त्रिक पद्धतिमा नेपाली कांग्रेस संविधानसभाको निर्वाचनबाट पछि हट्न नहुने बताएका थिए। कार्यक्रममा सहभागी कांग्रेस केन्द्रीय [...]
नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले नयाँ संविधानको मस्यौदामा दलहरुबीच सहमति भए संविधानसभा पुनःस्थापना हुन सक्ने बताउनु भएको छ। जनकपुरमा पत्रकारहरुसंग कुरा गर्दै उपाध्यक्ष गजुरेलले दलहरुबीच संविधानको मस्यौदामा सहमति भए संविधानसभा पुनर्स्थापना हुन सक्ने बताउनुभयो। उंहाले मुलुकको वर्तमान संकटको निकासका लागि गोलमेच सम्मेलन एक मात्र विकल्प रहेको बताउनुभयो। गोलमेच सम्मेलनबाट नयाँ संविधानको मस्यौदा तयार गरेपछि त्यसलाई [...]
मध्यपुर थिमी नगरपालिका वडा नम्बर १५ स्थित हनुमन्ते खोलाको बाहव परिवर्तन गर्न खोज्दा स्थानीयवासीबीच विवाद उत्पन्न भएको छ। विवादकै बीच आक्रोशित समूहले नगरपालिकामा नै तालाबन्दी गरेको छ। भक्तपुरको बालकोट गाविस र मध्यपुर थिमी नगरपालिकाको बीचबाट बहन्छ, हनुमन्ते खेला। स्थानीयवासीका अनुसार, दुई हजार एक्काइस साल अघि यो खोला सिधा बहन्थ्यो। तर, विस्तारै खोलाले बहाव परिवर्तन गर्यो। [...]