चौधौं राष्ट्रिय एनसेल महिला फुटबल प्रतियोगिताको विजेता टोलीले तीन लाख नगद पुरस्कार पाउने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आज पत्रकार संम्मेलन गरी पहिलो हुने टिमले तीन लाख तथा दोस्रो हुने टिमले एक लाख पचास हजार नगद पुरस्कार पाउने बताएको हो। सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमले पचास/पचास हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यसैगरी प्रतियोगिताका [...]
दुधका लागि पशुपालन गर्दै आएका बागलुङको पश्चिमी क्षेत्रका किसान उचित व्यवस्थापन तथा बजारको अभावमा समस्यामा परेका छन्। व्यावसायिक पशुपालन गनै गाह्रो र त्यसमाथि बजारको अभाव लगायतका कारण बोवाङ, निसी, अधिकारीचौर लगायतका गाबिसका किसानहरुले समस्या झेल्दै आएका छन्। बागलुङ सदरमुकामबाट दुई दिन पैदल यात्राबाट पुगिने यस क्षेत्रका किसानले दुध उत्पादनका लागि गाईभैंसी पाले पनि व्यावसायिक रुप [...]
नेकपा–माआवादीका सचिव नेत्रविक्रम चन्दले पार्टीले जनयुद्धमा उठाएका कुनै पनि प्रस्तावको रक्षा गर्न नेतृत्वले नसकेपछि आफूहरुले जनताको अधिकार रक्षा गर्न नयाँ पार्टी गठन गरेको बताउनु भएको छ। क्रान्तिकारी पत्रकार संघले पाल्पाको तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव चन्दले एकीकृत नेकपा माओबादीका अध्यक्ष प्रचण्ड पार्टीको नीति विपरित गएको र पार्टीलाई दक्षिणपन्थीधारमा धकेलेकाले बाध्य भई नयां पार्टी बनाएको [...]
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक सहमतिकै आधारमा बजेट आउने बताउनु भएको छ। बजेटबारे सहमति जुटाउन बिहानै राष्ट्रपति भवन शीतलनिवास पुग्नु भएका अध्यक्ष प्रचण्डले राष्ट्रपतिसंगको भेटपछि राजनीतिक दलहरुबीचको सहमतिका आधारमा बजेट आउने बताउनु भएको हो। उहाँले राष्ट्रपति यादवलेसमेत सहमति कायम गरी बजेट ल्याउन सल्लाह दिएको जानकारी दिनुभयो। उहाँहरुबीच राजनीतिक गतिरोध अन्त्यका विषयमासमेत छलफल [...]
प्रधानमन्त्री भए लगत्तै विभिन्न अभियान ल्याएर चर्चा बटुलेका डाक्टर बाबुराम भट्टराई एक दिन एक गांउ अभियान अन्तर्गत हिलाम्मे बाटो छिचोल्दै शनिबार भक्तपुरको ताथली पुगे। उनी यस अभियान अर्न्तगत दोस्रो पटक जनताको घरमा बास बस्न पुगेका हुन्। प्रधानमन्त्रीलाई आफ्नै घर आंगनमा पाउंदा स्थानीय जनताको मुहारमा खुशीको सीमा थिएन। तर, प्रधानमन्त्री भट्टराई भने जनताले आफूप्रति कस्तो व्यवहार [...]
दीक्षान्त समारोहका बेला सबैले विश्वविद्यालयको सुधार र व्यावहारिक शिक्षाको चर्चा गर्छन्,। आइतबार आयोजित देशकै जेठो त्रिभुवन विश्वविद्यालयको ३७ औं दीक्षान्त समारोहमा पनि सबैले यस्तै भने। विश्वविद्यालयको सुधार र व्यावहारिक शिक्षाको बारेमा चर्चा हुन थालेको यो नै पहिलो पटक भने होइन। तर, विश्वविद्यालयको अवस्था जस्ताको तस्तै छ। आइतबारमात्रै ३ हजार ६ सय १४ जना विद्यार्थी त्रिभुवन [...]
प्रधानमन्त्री डा.बाबुराम भट्टराईले देश फेरि राजतन्त्रको अंध्यारो युगमा फर्कन नसक्ने दाबी गर्नुभएको छ। त्रिभुवन विश्व विद्यालयको ३७ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री डाक्टर भट्टराईले गणतन्त्र पक्षधर शक्तिहरु संघीयताको विषयमा विवादित बनेपछि राजावादीहरु सल्बलाएको टिप्पणी गर्नुभयो। उंहाले धमिलो पानीमा माछा मार्न खोज्नेहरुविरुद्ध एक हुन सबैलाई आव्हानसमेत गर्नुभयो। सो क्रममा उंहाले त्रिभुवन विश्वविद्यालयलाई [...]
भारतीय स्थल सेनाध्यक्ष जनरल विक्रम सिंह नेपालको पांच दिने औपचारिक भ्रमणका लागि मंगलबार काठमाडौं आउनु हुनु भएको छ। प्रधानसेनापति छत्रमान सिंह गुरुङको निमन्त्रणामा भारतीय सेना प्रमुख सिंह नेपाल आउन लाग्नु भएको हो। एक महिनाअघि भारतीय सेना प्रमुख बन्नु भएका सिंह नेपाली सेनाको मानार्थ महारथी पद्वी ग्रहण गर्न नेपाल आउन लाग्नु भएको हो। भारतीय स्थल सेनाध्यक्ष [...]
कृषि विशेषज्ञहरुले नेपालको कृषि क्षेत्रमा रासायनिक मल एवम् विषादीको प्रयोगले माटोको प्राकृतिक उर्वरा शक्तिमा ह्र्रास बढदै गएको भन्दै जैविक कृषि प्रणालीको विकास गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल अगार्निक फाउन्डेशनले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा विज्ञहरुले रासायकि तथा विषादीहरुको प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको बताएका हुन्। उनीहरुले जैविक कृषि प्रणालीलाई विकास गर्दै लैजानुपर्ने आवश्यकता औल्याए। जैविक [...]
अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दहरमा दुई सवारी साधनमा भएको विष्फोटमा १४ जनाको मृत्यु भएको छ। पाकिस्तानको सीमाना नजिकै रहेको सो क्षेत्रमा ट्रक र ट्याक्टरमा विष्फोट हुँदा ३ जना घाइते भएको बताइएको छ। कान्दहर प्रान्तका प्रहरी प्रमुख अब्दुल राजिकले तालिवानी लडाकुले विष्फोट गराएको बताएका छन्। अफगानिस्तानमा हिजो पनि विष्फोटमा ११ जना सर्वसाधारणको मृत्यु भएकेा थियो। अफगानिस्तानको भविष्यबारे [...]