नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपालले जनकपुरमा वम विष्फोटमा मारिएकाका परिवारलाई भेट गर्नु भएको छ। धनुषाको वेगांशिबपुरमा गई शहिद परिवारलाई भेट गरेपछि संचारकर्मीहरुसग कुरा गर्दै बरिष्ठ नेता नेपालले शान्तिपूर्ण आन्दोलनमा विष्फोट गराउनेलाई यथाशीघ्र पक्राउ गरी कारबाही गर्न सरकारसग माग गर्नुभयो। उहाले आफु काठमाडौं फर्केपछि अपराधीलाई पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिनुभयो। बैशाख १८ गते [...]
नेपालमा उत्पादित जडीवुटीलाई प्रमाणिकरण गरी आर्गानिक बस्तुको रुपमा विश्व बजारमा प्रर्वद्धन गर्ने उद्धेश्यले झापाको विर्तामोडमा आजदेखि तीनदिने तालिम शुरु भएको छ। हर्ब्स तथा हर्वल उत्पादक संघ नेपालको आयोजनामा तालिम शुरु भएको हो। तालिममा झापाका १५ गाविसमा सञ्चालित सहकारी र गैर सरकारी संस्थाका ३० जना भन्दा वढीको सहभागिता रहेको छ। नेपालमा उत्पादित जडीबुटी एवम् अदुवा, अलैचीजन्य [...]
आन्दोलनको घोषणाको तयारी भन्दै बन्दकर्ताले शुक्रबारको ललितपुरबन्द फिर्ता लिएका छन् । मलपोखरी संरक्षण संघर्ष समिति र दलका प्रतिनिधिहरूले कोणसभा गरी बन्दका सबै कार्यक्रम स्थगित गरेको बताए । समितिका अध्यक्ष सूर्यमान महर्जनले आम नागरिकको समस्यालाई दृष्टिगत गरी बन्द स्थगित गरिएको र आजै थप संघर्षका कार्यक्रमका लागि दलहरूसँग छलफल गर्ने बताए । बन्दका क्रममा केहीलाई प्रहरीले नियनत्रणमा [...]
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय विराटनगरले भारतीय वजारबाट भन्सार छलेर ल्याएको करिव पाच लाख रुपैया मूल्य बराबरको सामाग्री बरामद गरेको छ। भारतीय बजारबाट लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा प्रहरीले सामान बरामद गरेको हो। कपडा, कम्प्युटर पार्टस्, मोवाइल सेट, तेल, चिनी लगायतका सामाग्री बरामद गरेको सीमा सुरक्षा कार्यालय रानीका सशस्त्र प्रहरी उपरीक्षक राघवसिंह थापाले जानकारी दिनुभयो।बरामद [...]
एसियाली एमेच्योर मुवां च्याम्पियनसिपमा सहभागी हुन ३ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली आज भियातनाम प्रस्थान गरेको छ। भियातनामको होचिमिन्हमा शनिवारदेखि एक सातासम्म सञ्चालन हुने प्रतियोगिताका लागि ५४ केजीमा पुरुषोत्तम बुढाथोकी, ५७ केजीमा भूपेन्द्र पुन मगर र ६५ केजीमा नारायण आचार्यले प्रतिस्पर्धा गर्नेछन्। टोलीमा अफिसियलतर्फबाट सुदीप पण्डित क्षेत्री र प्रशिक्षकमा मिलन गुरुङले सहभागिता जनाएका छन्। [...]
प्रमुख दलहरुबाट आफ्ना माग सम्बोधन हुन नसक्ने बताउंदै आदिवासि जनजाति अगुवा नेताहरुले छुट्टै पार्टी खोल्ने बताएका छन्। आदिवासि जनजातिको राजनीतिक सम्मेलनको निष्कर्शका विषयमा जानकारी गराउन आयोजित पत्रकार भेटघाट कार्यक्रममा सम्मेलनले जारि गरेको एघार बुंदे घोषणा पत्र सार्वजनिक गर्दै नेताहरुले आदिवासि जनजातिका मागलाई सम्बोधन गर्न आदिवासिवादको सिद्धान्तमा आधारित, समानुपातिक समावेशी दलको निर्माण गर्नु आवश्यक रहेको बताएका [...]
रुपन्देहीको सालझण्डीमा रहेको एकीकृत सैनिक तालीम केन्द्रका सैनिकको कुटाईबाट दर्जनौ सर्वसाधारण घाईते भएका छन्। मादक पदार्थ सेवन गरेका सैनिकहरुले होटलको बिल भुक्तानी गर्ने बिषयलाई लिएर बजारमा भेटिएका सर्वसाधारणलाई कुटपिट गरेका पीडितले वताएका छन्। कुटपिटमा संलग्न सैनिक सुरेस केसी र अमर केसीलाई स्थानीयबासीले नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय सालझण्डीमा बुझाएका छन्। दोषी सैनिकलाई कारवाहीको माग गर्दै [...]
चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको तेस्रो डिभिजनका माओबादी लडाकुले समायोजन प्रक्रियाको बिरोध गर्दै आन्दोलन सुरु गरेपछि छनौट प्रक्रिया रोकिएको छ। सेनाले समायोजनलाई भर्तीको रुपमा लिएपछि अपमान गरेको भन्दै लडाकुहरु शिविरको गेटमा धर्ना बसेका छन्। आज बिहानैदेखि लडाकुले समायोजनको काम प्रति असन्तुष्टि जनाएर सेनासंग गुनासो गरिरहेका थिए। सेनाका अधिकारीहरुले गुनासो नसुनेपछि बाध्य भएर आन्दोलन शुरु गरिएको लडाकुले [...]
भौतिक योजना तथा निर्माण मन्त्री ह्दयश त्रिपाठीले संविधान निर्माण लगायतका विषयमा प्याकेजमा सहमति भएमात्र सरकारको विकल्पका बारेमा सोच्न सकिने बताउनुभएको छ। काठमाडौंमा आयाजित साक्षात्कार कार्यक्रममा बोल्दै मधेशी मोर्चाका नेता समेत रहेका मन्त्री त्रिपाठीले सरकार परिवर्तनका विषयमात्र राष्ट्रिय सहमति भन्नुको कुनै अर्थ नरहेको स्पष्ट पार्नुभयो। मन्त्री त्रिपाठीले दातृ निकाय संग भएगरेका सहयोगसम्बन्धी सहमति कार्यान्वयनका लागि पनि [...]
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजनीतिक निकासका लागि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने वताउनुभएको छ। विराटनगरमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष थापाले वर्तमान सरकारले राष्ट्रलाई सही मार्ग दिनु भन्दा पनि अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनुभयो। उहाले ठूला दलहरुले संविधानसभा पुनर्स्थापनाको विषय उठाएको भएपनि त्यो उपयुक्त विकल्प नभएको र निर्वाचनमा जानु नै उपयुक्त विकल्प भएको वताउनुभयो। [...]