नेपली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान निर्माणका क्रममा देखिएका विवादित विषयको छिनोफानोको लागि जनमत संग्रहमा जानुपर्ने बताउनुभएको छ।
लमजुङमा आज आयोजित कार्यक्रममा नेता केसीले संविधानसभा विघटनपछि संविधान निर्माणको लागि अर्को वैधानिक आधार नभएकाले विवादित विषयको छिनोफानोको लागि जनमत संग्रह नै उत्तम विकल्प हुने वताउनुभयो। राज्य पुर्नसंरचना लगायतका विषयमा दलहरुबीच सहमति हुन नसकेका कारण अन्तिम विकल्पका लागि जनतामा जानुपर्ने धारणा राख्नुभयो। पार्टीभित्र संविधानसभाको पुनर्स्थापनाको कुरा उठिरहेपनि पुनर्स्थापना गर्ने पक्षमा कांग्रेस नरहेको नेता केसीले बताउनुभयो।
सृजना घिमिरे









There are currently no comments on संविधान निर्माणका क्रममा देखिएका विवादित विषयको छिनोफानोको लागि जनमत संग्रहमा जानुपर्ने : अर्जुननरसिंह केसी. Perhaps you would like to add one of your own?