सिरहाको लहानस्थित एक होटलमा गएराति जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरी प्रवेश गरी जथाभावी कुटपिट गरेको विषयलाई लिएर लहान बजारमा तनाव भएको छ। प्रहरीको ज्यादतीको विरोधमा उत्रिएका स्थानीयवासी र व्यापारीले बजार बन्द गराएका छन्। आन्दोलनमा उत्रिएका व्यापारी र स्थानीयवासीले राजमार्गमा चक्काजाम गरेपछि चक्काजाम खुलाउन प्रहरीले बल प्रयोग गर्दा स्थानीय र प्रहरीबीच केहीबेर झडपसमेत भएको छ।
जिल्ला प्रहरी कार्यालयका घुमुवाहरु राति होटलमा प्रवेश गरी म्यानेजर सुनिल कुमार साह, निर्माण व्यवसायी संघका अध्यक्ष विशाल कुमार साह, उद्योग वाण्ँिज्य सघंका पूर्वअध्यक्ष निरश चौधरीलाई कुटपिट गरेको विषयलाई लिएर तनाव भएको हो। गुण्डागर्दी शैलीमा होटलमा पसेर प्रहरीले कुटपिट गरेको भन्दै स्थानीयवासी र व्यापारी घटनामा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।
जागेश्वर यादव









There are currently no comments on लहान बजारमा तनाव. Perhaps you would like to add one of your own?