राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सरकारले चार सय उन्तीस अर्ब रुपैयांको बजेट ल्याउने तयारी गरिरहेको बताउनुभएको छ। काठमाण्डौमा आज भएको एक अन्तर्क्रियामा सरकारले विगतका कार्यक्रमहरुलाई निरन्तरता र गरिब जनताका लागि राहतको कार्यक्रमसहित चार सय उन्तीस अर्ब रुपैयांको बजेट ल्याउने तयारी गरिरहेको बताउनुभएको हो।
सरकारले पूर्ण बजेटका लागि सहमतिको पहल गरेपनि कांग्रेस एमाले लगाएतका दलले जनताको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने बजेटलाई सत्ताको बार्गेनिङ पोइन्ट बनाएको उहांको आरोप थियो। सोही कार्यक्रममा अर्थविद् चिरञ्जीवी नेपालले सहमति हुन नसक्ने अवस्थामा तृतीआंश खर्च गर्न पाउने गरी राष्ट्रपतिले आर्थिक अध्यादेश पारित गर्नुपर्नेबताउनुभयो। बजेट अभावमा देशको अर्थतन्त्र नै ठप्प हुने भएकाले आंशिक भएपनि बजेट आउनुपर्ने उहांको भनाइ रहेको थियो।
ज्ञानेन्द्र पौडेल










There are currently no comments on चार सय उन्तीस अर्ब रुपैयांको बजेट ल्याउने तयारी. Perhaps you would like to add one of your own?