Articles Posted on July 5th, 2012

  • india-and-Pakistan

    पाकिस्तानद्वारा भारतको मुम्बई आक्रमणबारे अनुसन्धानको लागि सहयोग गर्ने प्रतिबद्धता

    पाकिस्तानले मुम्बई आक्रमणमा पाकिस्तानी निकायको संलग्नता नभएको दोहोर्‍याएको छ। तर, उसले घटनाको अनुसन्धानमा भने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नयां दिल्लीमा भएको पाकिस्तान र भारतका विदेश सचिवस्तरीय २ दिने बैठकमा पाकिस्तानले भारतको मुम्बई आक्रमणबारे अनुसन्धानको लागि सहयोग गर्ने प्रतिबद्धता गरेको हो। सन् २००८ मा भएको मुम्बई आक्रमणपछि भारत र पाकिस्तानबीच आरोप प्रत्यारोप चलिरहेको छ। [...]

  • kamal-thapa

    संविधानसभाको विघटनसंगै राजतन्त्र पुनर्स्थापना भइसकेको दाबी : कमल थापा

    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभाको विघटनसंगै राजतन्त्र पुनर्स्थापना भइसकेको दाबी गर्नुभएको छ। राप्रपा नेपालले विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्थालाई हटाउने संविधानसभाको विघटनले राजसंस्था पुनर्स्थापना भएको बताउनुभयो। उहाले नयां जनादेशका लागि चुनाव आवश्यक भएकाले ठूला राजनीतिक दल चुनावबाट भाग्न खोजेकोमा आपत्ति जनाउनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा विना कुनै टेन्डर [...]

  • kathmandu-sadak

    राजधानी काठमाडौंको सडकको अवस्था

    राजधानी काठमाडौंमा मंसिरको पहिलो सातादेखि सुरु गरिएको सडक विस्तारको कार्य अझै सम्पन्न हुन सकेको छैन। सडक विस्तारको कार्यसंगै निर्माण कार्यमा ढिलासुस्ती हुंदा हिउंदमा धुलाम्मे बनेका सडक मनसुन सुरु भएसंगै रोपाइका लागि तयार पारिएका खेत जस्तै बनेका छन्। मंसिर तिन गते बानेश्वरको एभरेष्ट होटलको पर्खाल भत्काएर सुरु गरिएको राजधानिको सडक विस्तार कार्य अझै पुरा हुन सकेको [...]

  • Budget-bahas-5-july

    सहमतिमै बजेट आउंदा प्रभावकारी हुने सुझाव अर्थविद्हरुको

    संक्रमणकालीन राजनीति लम्बिइरहंदा पछिल्लो समय बजेट बहस चर्चामा छ। सरकारले पूर्ण बजेट ल्याउने तयारी तीव्र पारेको छ भने विपक्षी दलहरु भने कुनै पनि हालतमा पूर्ण बजेट ल्याउन नदिने रणनीतिमा छन्। अर्थविद्हरुले भने वित्तीय अनुशासन कायम गर्न पनि सहमतिमै बजेट आउंदा प्रभावकारी हुने सुझाव दिन्छन्। संबिधान सभाको अवसान पछी यतिबेला सबैभन्दा चर्चामा रहेको बिषय हो,बजेट। आर्थिक [...]

  • mahila-sabhasadh

    संवैधानिक र राजनीतिक संटकले महिना दिन बितिसक्दा पनि कुनै निकास पाउन सकेन

    संविधानसभाको अवासानसंगै उत्पन्न संवैधानिक र राजनीतिक संटकले महिना दिन बितिसक्दा पनि कुनै निकास पाउन सकेको छैन। एकातिर दलका शीर्ष नेताहरु सहमति र सहकार्यको विकल्प नभएको बताउदै छन् भने अर्कोतिर पूर्वसभासद्हरु संविधानसभा पुनर्स्थापना हुनुपर्ने मागलाई जोडदार रुपमा उठाउंदै छन्। जेठ चौधअघि कुनै पनि हालतमा संविधानसभाको म्याद थप्न मिल्दैन भन्ने नेताहरु अहिले संविधानसभा पुनर्स्थापनाको कुरा गर्न थालेका [...]

  • Jayant-Prasad

    नेपाली जनताको इच्छा विपरित भारतले कुनैपनि गतिविधि सञ्चालन नगरेको स्पष्ट : जयन्त प्रसाद

    नेपालका लागि भारतीय राजदुत जयन्त प्रसादले नेपाली जनताको इच्छा विपरित भारतले कुनैपनि गतिविधि सञ्चालन नगरेको बताउनुभएको छ। धनकुटाको पाखि्रबासमा नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालले अयोजना गरेको कार्यक्रममा राजदूत प्रसादले भारतले विकास निर्माण लगायतका कार्यक्रमहरु नेपाली जनताको इच्छा र नेपाल सरकारको सहमतिमा सञ्चालन गर्दै आएको बताउनुभयो। प्रजातान्त्रिक पद्धतिलाई भारतले सधै सहयोग गर्ने उल्लेख गर्दै राजदूत प्रसादले [...]

  • Rautahat_district_location

    सरकारले रौतहटमा प्रहरीको गोली लागी एक सर्वसाधारणको मृत्यु भएको घटनाको छानबिन गर्ने

    सरकारले रौतहटमा प्रहरीको गोली लागी एक सर्वसाधारणको मृत्यु भएको घटनाको छानबिन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले घटनाको सत्य तथ्य छानबिन गर्ने, मृतकको परिवारलाई क्षतिपूर्ति दिने र घातइेको निःशुल्क उपचारको ब्यवस्था मिलाउने निर्णय गरेको सूचना तथा संचारमन्त्री राजकिशोर यादवले जानकारी दिनुभयो। यसैगरी, आजको बैठकले कृषि क्षेत्रको विकासका लागि वैदेशिक संस्थाले [...]

  • nirshah-family

    बाबु नीर शाहले फिल्म नखेलाउदा छोरा आयुष क्रुद्ध

    यो संसरकै नियम हो भन्दा फरक नपर्ला जेनेरेशन ग्याप हुन नदिन हरेक कलाकारले आफ्नो सन्तानलाई कलाकारितामा ल्याएको तर नेपालमा भने यसको सुरुवात भर्खरै मात्र भएको देखिन्छ । यध्यपी सन्तानलाई यहि पेशामा ल्याउने कि नल्याउने भन्ने बिषयमा फिल्मकर्मीले निर्णय गरिसकेका छैनन् । २०२३ साल देखि निरन्तर रुपमा खटिरहेका नीर शाह त्यस्तो धरोहर हुन् जसले फिल्म क्षेत्रबाटै [...]

  • morang-karagar

    बजेटको अभावमा मोरङ कारागारका कैदीबन्दीलाई समस्या

    बजेटको अभावमा मोरङ कारागारका कैदीबन्दीलाई दैनिक सिदा दिनसमेत समस्या भएको छ। कारागारले करिव ५० लाख रुपैयां ऋण भुक्तानी गर्नुपर्ने भएपनि बजेट अभावमा एक महिनादेखि कैदीबन्दीलाई सिदासमेत दिन नसकेको कारागार प्रमुख राजनप्रसाद रेग्मीले बताउनुभयो। कारागार प्रशासनका अनुसार कारागारले विद्युत महशुल वापत ३० लाख, खानेपानीको महशुल ६ लाख, खाद्य संस्थानबाट उधारोमा खरिद गरेको ३ सय ५० क्वीन्टल [...]

  • congress-yemala

    जिल्ला सभापतिहरुको राष्ट्रिय भेला बोलाउन दबाब

    देशको वर्तमान अवस्थाबारे पार्टीको धारणा तय गर्न नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले जिल्ला सभापतिहरुको राष्ट्रिय भेला बोलाउन नेतृत्वलाई दबाब दिएका छन्। बाग्मती अन्चलभित्रका जिल्ला सभापतिहरुले आज पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई भेटी तत्काल जिल्ला सभापतिहरुको भेला बोलाउन गर्न माग गरेका हुन्। भेटमा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक [...]