भारत र पकिस्तानबीच आतंकवादको विषयमा नयां दिल्लीमा विदेश सचिवस्तरीय बैठक

Written by admin. Posted in विदेश, विशेष

Published on July 04, 2012 with

भारत र पकिस्तानबीच आतंकवादको विषयमा आज भारतको राजधानी नयां दिल्लीमा विदेश सचिवस्तरीय बैठक हुंदैछ। भारत र पाकिस्तानका विदेश सचिवबीच हुने यस बैठकमा आतंकवादको विषयममा विशेष छलफल हुने बताइएको छ। सन् २००८मा भएको मुम्बई हमलालाई विशेष मुद्दा बनाइने भारतीय अधिकारीहरुले बताएका छन्। बैठकमा लश्कर ए तोइबाका सदस्य भनिएका अबु जन्दलका विषयमा पाकिस्तानलाई जानकारी गराइने भारतले बताएको छ।

मुम्बई आक्रमणमा संग्लन रहेका जन्दल अहिले भारतको हिरासतमा छन्। बैठकमा जन्दललाई रियासत अलिको नामबाट पाकिस्तानले उपलब्ध गराएको पासपोर्ट र परिचयपत्रको प्रति र उनको सम्पर्कमा रहेका पाकिस्तानीहरुको सूची पाकिस्तानी प्रतिनिधिलाई बुझाइने भारतले जानकारी गराएको छ। जन्दललाई पाकिस्तानले पासपोर्ट उपलब्ध गराएकै कारण मुम्बई आक्रमणमा पाकिस्तानी सरकारी निकायको हात रहेको भारतले आरोप लगाउंदै आएको छ।

भारतका अनुसार जन्दललाई दिइएको पाकिस्तानी पासपोर्टको अवधि सन् २०१४ सम्म रहेको छ। पाकिस्तानले भने जन्दालसंग रहेको पासपोर्ट नक्कली भएको र उनी पाकिस्तानका नागरिक नरहेको दावी गर्दै आएको छ। आजको बैठकमा पाकिस्तानी विदेश सचिव जलिल अब्बास जलानीले सकारात्मक ढंगबाट प्रस्तुत हुने र दुई देशबीच शान्ति कायम गर्न पाकिस्तान प्रयासरत रहने बताएका छन्।

facebook comments:

Leave a Comment