इराकका बिभिन्न स्थानमा भएको श्रृङ्खलाबद्ध विष्फोटमा ४० जनाको मृत्यु

Written by admin. Posted in विदेश, विशेष

Published on July 04, 2012 with

इराकमा भएको श्रृङ्खलाबद्ध बम विष्फोटमा ४० जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। राजधानी बगदादको दक्षिणी दिवानिया शहरमा सबैभन्दा ठूलो विष्फोट भएको त्यहाँका अधिकारीले जनाएका छन्। दिवानिया शहर नजिकै गैरहेको ट्रकमा विष्फोट गराइएको थियो। सबै विष्फोटमा शिया समुदायलाई लक्षित गरेको बताइएको छ। यस्तै, करबला शहरमा समेत विष्फोट गरिएको छ। शिया समुदायले आफ्नो पर्व मनाइरहेकाबेला विष्फोट गराइएको हो। यस्तै, राजधानी बगदाद भन्दा २० किलोमिटर टाढा ताजी शहरमा समेत दुईवटा विष्फोट भएका छन्।

facebook comments:

Leave a Comment