सिरियाका सेनाहरु सैनिक सीमा क्षेत्र पार गरी टर्की जान थालेको बताइएको छ। टर्कीका संचार माध्यमले जनाए अनुसार सिरियाका ८५ जना सेना हालै टर्की पुगेका छन्। उनीहरु सिरियाको सैनिक सीमा पार गर्दै टर्की पुगेको त्यहाँका संचार माध्यमले बताएका छन्। टर्कीका संचार माध्यमले यसलाई सिरियामा भएको सबैभन्दा ठूलो सैनिक विद्रोहको संज्ञा दिएका छन्। टर्की पुगेको सैनिक टोलीलाई टर्कीको दक्षिण भागमा अवस्थित शरणार्थी क्याम्पमा पठाइएको छ। गतसाता पनि सिरियाबाट परिवारसहित ३० जना सैनिक टर्की गएका थिए।









There are currently no comments on सिरियाका सेनाहरु टर्की जान थाले. Perhaps you would like to add one of your own?