इराकका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध बम विष्फोटमा २९ मृत्यु

Written by admin. Posted in विदेश

Published on July 03, 2012 with

इराकका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध बम विष्फोटमा उन्तीसजनाको मृत्यु भएको छ। विष्फोटमा कैयौं घाइते भएको बताइएको छ। राजधानी बगदादको दक्षिणी सहर दिवानियामा भएको एक कार बम विष्फोटमा २५ जनाको मृत्यु भएको छ भने करबाला सहरमा सिया समुदायको एक भेलामा भएको अर्को विष्फोटमा चारजना मारिएको इराकी अधिकारीहरुले बताएका छन्। यस्तै बगदाददेखि २० किलोमिटर टाढा अन्य दुई सैनिक अखडामासमेत दुईवटा विष्फोट भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्।

facebook comments:

Leave a Comment