Articles Posted on July 3rd, 2012

  • uml-bhela-3-july

    जातीय राज्यको आधारमा राज्यको पूनर्संरचना हुन नहुने : नेकपा एमाले

    नेकपा एमालेको बाग्मती अञ्चलस्तरीय भेलामा सहभागीहरुले जातीय राज्यको आधारमा राज्यको पूनर्संरचना हुन नहुनेमा जोड दिएका छन्। संविधानमभा विघटनपछि उत्पन्न राजनीतिक संकट र राज्यपूनर्संरचनाको विषयमा पार्टीको दृष्टिकोणबारे कार्यकर्तालाइ प्रशिक्षण दिन आयोजित भेलामा बोल्ने अधिकांश नेताहरुले यस्तो बताएका हुन्। अन्चल भेलामा राष्ट्रिय भेलाबाट पारित निर्णय तथा पार्टीको भावी रणनीतिबारे कार्यकर्तालाई प्रशिक्षण दिइएको थियो। भेलालाई सम्बोधन गर्दै एमाले [...]

  • Barsa-man-pun

    बजेटलाई राजनीतिक मुद्धा बनाएर देशलाई गतिहीनताको अवस्थामा राख्न नमिल्ने : वर्षमान पुन

    अर्थमन्त्री वर्षमान पुनले समयमै बजेट ल्याउनु सरकारको जिम्मेवारी र दायित्व भएकोले सरकारले जसरी पनि पूर्ण बजेट ल्याउने बताउनुभएको छ। आज काठमाडौमा भएको अन्तर्क्रियामा मन्त्री पुनले दलहरुबीचको सहमतीमै बजेट ल्याउने प्रयास भइरहेको बताउनुभयो। बजेटलाई राजनीतिक मुद्धा बनाएर देशलाई गतिहीनताको अवस्थामा राख्न नमिल्ने उहाँको भनाइ थियो। मन्त्री पुनले पूर्ण बजेट ल्याउने सरकारको प्रयासलाई रोक्नको लागि विपक्षी दलहरुले [...]

  • uml-bhaithak

    सरकारले बजेट ल्याउने हैसियत नराख्ने भन्दै बजेट सम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह

    नेपाली कांग्रेस, नेकपा एमाले लगायत २७ दलले बर्तमान काम चलाउ सरकारले बजेट ल्याउने हैसियत नराख्ने भन्दै बजेट सम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेका छन्। एमाले मुख्याल बल्खुमा बसेको २७ दलको बैठकले बर्तमान सरकारले बजेट ल्याउन नसक्ने भन्दै राष्ट्रिय सहमतिको सरकार गठनका लागि राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। बैठकले संबैधानिक ब्यवस्था अनुरुप [...]

  • इराकका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध बम विष्फोटमा २९ मृत्यु

    इराकका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध बम विष्फोटमा २९ मृत्यु

    इराकका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध बम विष्फोटमा उन्तीसजनाको मृत्यु भएको छ। विष्फोटमा कैयौं घाइते भएको बताइएको छ। राजधानी बगदादको दक्षिणी सहर दिवानियामा भएको एक कार बम विष्फोटमा २५ जनाको मृत्यु भएको छ भने करबाला सहरमा सिया समुदायको एक भेलामा भएको अर्को विष्फोटमा चारजना मारिएको इराकी अधिकारीहरुले बताएका छन्। यस्तै बगदाददेखि २० किलोमिटर टाढा अन्य दुई [...]

  • Yarsha-gumba

    यार्सागुम्बा प्रति किलो २४ लाख रुपैयांमा बिक्री

    यसवर्ष रुकुममा बहुमूल्य जडिबुटी यार्सागुम्बा प्रति किलो २४ लाख रुपैयांमा बिक्री भएको छ। यार्सा टिपिएको ठाउंमै ‘क’ समूहको यार्सागुम्बा २४ लाख रुपैयांमा बिक्री भएको व्यापारीहरुले बताएका छन्। त्यस्तै ‘ख’ समूहको यार्सागुम्बा प्रति किलो १५ देखि १८ लाख रुपैयांमा बिक्रि भएको व्यापारी मोतिराम बिसीले जानकारी दिएका छन्। यार्सागुम्वा खोज्ने समय सकिएकाले बन्द भएका विद्यालयमा पठन पाठन [...]

  • agricultural

    मल आतंक : किसानहरु मल खोज्नै भौंतारिइरहेका छन्….

    असार महिना, मानो रोपेर मुरी उब्जाउने बेला। तर, यतिबेला हलो जुवा र कोदालो बोकेर खेतमा हुनुपर्ने किसानहरु मल खोज्नै भौंतारिइरहेका छन्। मनसुन ढिलो सुरु भएकै कारण रोपाइं गर्न ढिलो भइरहेको अवस्थामा मल नपाउंदा किसानहरु थप चिन्तित भएका छन्। राजधानीको कुलेश्वरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको यो प्रांगणमा केही दिनदेखि भरिभराउ छ। नहोस् पनि किन? खेत खेतमा [...]

  • bipakchi-baithak

    दलहरुबीच सहमति नै नगरी बजेट ल्याउने तयारी भएकोमा दलहरु आक्रोशित

    दलहरुबीच सहमति नै नगरी सरकारले बजेट ल्याउने तयारी गरेपछि कांग्रेस एमाले लगायतका विपक्षी दलहरु आक्रोशित भएका छन्। सरकारको कदमविरुद्ध कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा बिपक्षी दलका नेताहरुबीच अहिले छलफल भैरहेको छ। एमाले पार्टी कार्यालय बल्खुमा भैरहेको विपक्षी दलहरुको बैठकमा सहमति कायम नगरी सरकारले ल्याउन लागेको बजेट कसरी रोक्ने भन्ने सम्बन्धमा छलफल भइरहेको नेताहरुले बताएका छन्। [...]

  • iraq-3-july

    पूर्वराजा ज्ञानेन्द्र शाह बुटवलको ऐतिहासिक सिद्धि विनायक गणेश मन्दिरमा

    लुम्बिनी अञ्चलको भ्रमणमा रहनु भएका पूर्वराजा ज्ञानेन्द्र शाहले आज बुटवलको ऐतिहासिक सिद्धि विनायक गणेश मन्दिरमा पूजाअर्चना गर्नुभएको छ। सिद्धिविनायक गणेश मन्दिरमा पूजाअर्जना गरेपछि पूर्वराजा शाहले बुटवलको नयांगाउंमा रहेको नवनिर्मित मुक्तिनाथ धाममा चलिरहेको प्राण–प्रतिष्ठा महोत्सव र विष्णु पुराणमा सहभागी भई प्रसाद ग्रहण गर्नुभएको थियो। त्यसक्रममा पूर्वराजाको स्वागतमा समर्थकहरुको भीड लागेको थियो। पूर्वराजा शाह एक किलोमिटर पैदल [...]

  • prime-story-video

    This article contains a video.

  • सडक निर्माणमा संलग्न मजदुरको पैसा लुटिए

    सडक निर्माणमा संलग्न मजदुरको पैसा लुटिए

    भोजपुरको हिले भञ्ज्याङ–दिङ्ला सडक निर्माणमा संलग्न मजदुरको करिब ८ लाख रुपैयाँ लुटिएको छ। भोजपुरको हेलौंछा गाविसबाट रकम लुटिएको हो। मजदुरलाई वितरणका लागि भोजपुरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट झकेर लगिएको १४ लाख रुपैयांमध्ये ८ लाख रुपैयाँ हतियारसहित आएको नकाबधारी समूहले लुटेर लगेको टिम लिडर टीकाचन्द्र मादेनले जानकारी दिएका छन्। रकम लुटिएपछि प्रहरी चौकी सुन्तलेको टोलीले लुटेरा समूहको [...]