पाल्पाको ताहुँ गाबिसमा रहेको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको रम्भादेवी मन्दिर प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ। मन्दिरको संरक्षण र प्रचार प्रसारमा सम्वन्धित निकायबाट कुनै पहल भएको छैन। किम्वदन्ती अनुसार भगवान रामले प्यास मेटाउन जमिनमा बांण हानी पानी निकालेको स्थान भएकोले यस स्थानलाई रम्भापानी र मन्दिरलाई रम्भादेवी भनिएको हो।
प्रशस्त पर्यटकीय संभावना रहेको मन्दिर समुन्द्री सतहदेखि ४ हजार तीन सय फिटको उचाइमा रहेको छ। यंहाबाट धौलागिरी, अन्नपूर्ण लगायतका हिमश्रृंखलाकोसमेत अवलोकन गर्न सकिन्छ। तर, मन्दिरको संरक्षणमा मन्दिर ब्यबस्थापन समितिले काम गरिरहेको भएपनि त्यो पर्याप्त हुन सकेको छैन। जसका कारण प्रसस्त पर्यटकीय सम्भावना भएर पनि अपेक्षा अनुरुप पर्यटक ल्याउन नसकिएको स्थानीयको गुनासो छ।
यस मन्दिरमा देवीको पुरानो मूर्ति बि.स.१९५८ सालमा चढाइएको थियो भने देवीको मुकुट र गहना बि.स.१९९९ मा पाल्पाका तत्कालीन कमाण्डर इन चिफ रुद्र शमसेरले चढाएका थिए। यस मन्दिरमा औंशी, एकादशी, त्रयोदशीमा पूजाआजा गर्नेको भीड लाग्ने गर्दछ। धार्मिक तथा पर्यटकीय महत्वको मन्दिरको प्रचार प्रसार गर्न सके आन्तरिक पर्यटन प्रबर्द्धनमा ठूलो सहयोग मिल्ने देखिन्छ।
सन्तोष बस्याल










There are currently no comments on धार्मिक महत्व बोकेको रम्भादेवी मन्दिर प्रचार प्रसारको अभावमा ओझेलमा. Perhaps you would like to add one of your own?