भारतका प्रधानमन्त्री मनमोहन सिंहले आसाम राज्यका बाढी पीडितहरुको राहतका लागि ५ सय करोडको राहत कोषको स्थापना गर्ने घोषणा गरेका छन्। आसामको बाढी प्रभाबित क्षेत्रको हवाइ भ्रमण गरेका प्रधानमन्त्री सिंहले बाढीबाट घरविहीन भएका नागरिकहरुको उद्धार गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। बाढीबाट क्षति पुगेका पुर्वाधारहरु तत्काल पुनर्निर्माण गरिने सिंहले बताए। प्रधानमन्त्री सिंहसंगै कांग्रेस आईकी अध्यक्ष [...]
खेतीको मुख्य सिजनमा मलको अभाव खेप्नु नेपाली किसानहरुको नियती जस्तै भएको छ। किसानहरु खेतीको समयमा निर्धक्कसाथ खेतीमा लाग्नुको सट्टा दिनहुं मलको खोजीमा भौतारिन बाध्य छन्। किसान र कृषि क्षेत्रलाई राज्यले अपहेलित बनाएको भन्दै विभिन्न्न किसान संघ संगठनहरु सरकार विरुद्ध मोर्चाबन्दी भई आन्दोलनको तयारीम जुटेका छन्। यतिवेला आम किसानहरु चिन्चित मात्रै बनेको छैनन् सरकार विरुद्ध आन्दोलिन [...]
गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार शितल महतो सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ पर्सा शाखाले वीरगंजमा एक कार्यक्रमको आयोजना गरी महतोलाई पुरस्कार प्रदान गरेको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउंलेले महतोलाई १० हजार एक रुपैयf तथा सम्मानपत्र प्रदान गर्नुभयो। दुई दशकदेखि पत्रकारितामा क्रियशील पत्रकार महतो यो पुरस्कार पाउने चौथो व्यक्ति हुन्। [...]
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री बाबुराम भट्टराईले मनोमानी ढंगले राजनीतिक निर्णय गर्दा देश संकटमा फसेको बताउनुभएको छ। कोसी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेलालाई आज विराटनगरमा सम्बोधन गर्दै अध्यक्ष खनालले प्रधानमन्त्री भट्टराईको आफ्नै हठले देश संकटमा फसेको बताउनुभएको हो। उहांले दलहरुको सहमतिमा राजनीतिक निकास खोज्नुपर्ने बताउनु भयो। संविधानसभा विघटन भएसगै बाबुराम सरकारको आधिकारिकता सकिएकाले अब सबै [...]
धादिङ जिल्ला प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सबै हिसाबले धनी छ। तर, ती सम्पदाहरुको सही सदुपयोग गरेर हामीले फाइदा लिन भने सकेका छैनौं। धादिङ जिल्ला कै सेर्तुङ गाविसमा धार्मिक आस्थाले समेत महत्वपूर्ण रहेको तातोपानी रहेपनि त्यो क्षेत्र ‘नजिकको तीर्थ हेला’ जस्तै भएको छ। काठमाडौंसंग सिमाना जोडिएको धादिङ जिल्ला प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सबै हिसाबले धनी छ। [...]
शिक्षामा बढ्दो विकृतिलाई लिएर सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। आज राजधानीमा अखिल क्रान्तिकारी केन्द्रिय समितिले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी शिक्षाविद्हरुले उच्च शिक्षामा देखिएको व्यापारीकरणप्रति चिन्ता व्यक्त गरेका हुन्। कार्यक्रममा विभिन्न विद्यार्थी संघ संगठनका नेताहरुले नेपालको शिक्षा प्रणाली गलत भएको बताए। उनीहरुले नेपालको शिक्षा प्रणालीले नै सम्पन्न वर्ग र विपन्न वर्ग जन्माएको आरोपसमेत लगाए। कार्यक्रमका [...]
नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई सडकबाटै बर्खास्त गर्न संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुको विकल्प नभएको बताउनुभएको छ। राजधानीमा आयोजित साक्षत्कारमा उपाध्यक्ष गजुरेलले सरकार ढाल्न कांग्रेस, एमालेलगायतका दलहरुले सुरु गरेको आन्दोलनमा आफ्नो दल पनि सहभागी हुने बताउनुभयो। उहांले घेराबन्दीमा पारेर जनबलबाटै बर्खास्त गर्न सशक्त आन्दोलनको आवश्यकता रहेको बताउनुभयो। अर्को प्रसंगमा उपाध्यक्ष गजुरेलले बजेटबारे सर्वोच्च [...]
धान रोप्ने बेलामासमेत रासायनिक मल नपाएको भन्दै किसानहरुले कैलालीको धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका छन्। पैसा तिरेर किन्न खोज्दासमेत सरकारले रासायनिक मल उपलब्ध नगराएको भन्दै किसानले कम्पनीको क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका हुन्। त्यसैगरि किसानहरुले आजै जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत कृषि मन्त्रालयमा ज्ञापन पत्रसमेत बुझाएका छन्। ज्ञापन पत्रमा उनीहरुले तत्काल रसायनिक [...]
सर्वोच्च अदालतले बजेट नल्याउनका लागि अन्तरिम आदेश दिन नपर्ने आदेश आइतबार दिएपनि सोमवार पनि बजेटका विषयमा दलहरुका फरक फरक धारणा सार्वजनिक भएका छन्। सत्तारुढदलहरुले अदालतको फैसला स्वागत योग्य भनेका छन भने प्रतिपक्षीदलहरुले राजनीतिक सहमतिविना काम चलाउ सकरकाले पूर्ण बजेट ल्याउनै नसक्ने पूर्ववत अडान दोहर्याएका छन्। राजनीतिक सहमतिबिना नै कामचलाउ सरकारले पूर्ण बजेट ल्याउने तयारी गरेको [...]
पाल्पाको ताहुँ गाबिसमा रहेको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको रम्भादेवी मन्दिर प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ। मन्दिरको संरक्षण र प्रचार प्रसारमा सम्वन्धित निकायबाट कुनै पहल भएको छैन। किम्वदन्ती अनुसार भगवान रामले प्यास मेटाउन जमिनमा बांण हानी पानी निकालेको स्थान भएकोले यस स्थानलाई रम्भापानी र मन्दिरलाई रम्भादेवी भनिएको हो। प्रशस्त पर्यटकीय संभावना रहेको मन्दिर समुन्द्री [...]