क्रान्ति नयाँ ढंगबाट अघि बढेको स्पष्ट : मोहन बैद्य

Written by admin. Posted in राजनीति, विशेष

Published on June 29, 2012 with

नवगठित नेपाल कम्युनिष्ट माओवादिका अध्यक्ष मोहन बैद्यले नेपाली क्रान्तिको ईतिहासमा एउटा अध्यायको अन्त्य भएर नयां अध्याय सुरु भएको बताउनुभएको छ। ईच्छुक सांस्कृतिक गुठीद्धारा आयोजित कृष्ण सेन ईच्छुक स्रष्टा सम्मान समारोहमा अध्यक्ष वैद्यले जनताका अधिकार स्थापित गर्न नयाँ ढंगले आन्दोलन संगठित भैरहेको उल्लेख गर्नुभयो।

सामन्त र अधिनायकवाद बिरुद्धको क्रान्ति समाप्त नभएकोले कला, संस्कृति, साहित्य लगायतका क्षेत्रबाट क्रान्ति जारी रहेको उहांको भनाई रहेको थियो। यस बर्ष कृष्ण सेन इच्छुक प्रतिभा पुरस्कार कर्ण परियार र साहित्य र कला पुरस्कार देबराज आचार्यलाई मरणोपरान्त र सुशीला थापा लाई प्रदान गरिएको छ। जनादेश साप्ताकिकका तत्कालिन सम्पादक कृष्ण सेन इच्छुकको २०५९ साल जेठ १३ गते तत्कालिन राज्य सत्ताले नियन्त्रणमा लिएर हत्या गरेको थियो।

ज्ञानेन्द्र पौडेल 

facebook comments:

Leave a Comment