मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एशिया कप क्रिकेटमा सहभागि भइ नेपाली टोली शुक्रवार स्वदेश फर्किएको छ। टेस्ट मान्यता प्राप्त राष्ट्रहरुसंग प्रतिस्पर्धा गरेको नेपाल समुह चरणबाटै बाहिरिंदै स्वदेश फर्किएको हो। मलेसियालाई फराकिलो रन अन्तरले पराजित गरेपनि नेपाली टोली टेस्ट खेल्ने राष्ट्र भारत र पाकिस्तान संग भने हार बेहोर्दै समुह चरण बाटै बाहिरिएको थियो। नेपाली टोलीका कप्तान पृथु बास्कोटाले समग्र प्रतियोगिता सन्तोषजनक भएको प्रतिकृया दिए। पृथुले भारत बिरुद्धको खेलमा हार्नुको कारण लुज सट र गलत निर्णय भएको बताए।
नेपाली बलरहरुले भारत जस्तो बलियो टिमलाई ४५ ओभर २ बलमा मात्र १ सय ७६ रनमा रोकेका थिए। तर ब्याट्सम्यानहरु लामो समय क्रिजमा टिक्न नसक्दा ९१ रनमा नेपाली टिम अलआउट हुदै ८१ रनको हार बेहोरेको थियो। नेपाली टोलीका पांच ब्याट्सम्यान त सिंगल रनमा पेभेलियन फर्केका थिए। प्रशिक्षक पुवुदु दशाकानायककेले भारत बिरुद्धको खेलमा आफुहरुलाई भाग्यले साथ नदिएको बताए।
पुवुदुले राम्रा टिमसंग प्रतिस्पर्धा गरेकाले आउदो सेप्टेम्बरमा अरुट्रेलियामा हुने अन्डर नाइन्टिन बिश्वकपका लागी राम्रो तयारी भएको बताउदै यो प्रतियोगिताले गल्ति सच्चयाउने अबसर दिएको बताए। पहिलो खेलमा पाकिस्तानको सामना गरेको नेपाल८ विकेटले हारेको थियो। आयोजक मलेसिया संगको दोस्रो खेलमाभने उत्कृष्ट पुनरागमन गर्दै १ सय ७ रनको फराकिलो जित हासिल गरेपनि अन्तिम खेलमा भारत संग पराजित भएपछि नेपाल प्रतियोगिता बाट बाहिरिएको थियो। एशीयाकपको एशीयन क्रिकेट काउन्सिलले एशीयाली युवाहरुका लागी पहिलो पटक आयोजन गरेको प्रतियोगिताको उपाधीका लागी पाकिस्तान र भारत भिड्ने भएका छन।










There are currently no comments on अन्डर नाइन्टिनका नेपाली टोली शुक्रवार स्वदेश फिर्ता. Perhaps you would like to add one of your own?