‘मुनामदन’ (आषाढ १५) शुक्रबारबाट राजधानीका सिनेमा घरमा लाग्दैछ

Written by admin. Posted in मनोरञ्जन

Published on June 28, 2012 with

विश्वप्रसिद्ध सिनेमा अवार्ड ओस्कार अवार्डमा छनोट हुन सफल महाकवि लक्ष्मी प्रसाद देवकोटाको प्रसिद्ध कृति ‘मुनामदन’ मा आधारित रहेर निर्माण गरिएको फिल्म ‘मुनामदन’ भोली शुक्रबारबाट राजधानीका सिनेमा घरमा लाग्दैछ ।

करिब एक दशक अगाडी निर्माण भई मोफसलमा रिलिज भईसकेको उक्त फिल्म क्यू सिस्टमबाट रिलिज हुन लागेको हो । ज्ञानेन्द्र देउजाको निर्देशनमा नवराज ढकालले निर्माण गरेको सो फिल्ममा उषा पौडेल र दिपक त्रिपाठीले मुनामदनको भुमिका निर्वाह गरेका छन् । यसैगरी फिल्ममा निर शाह, शुभद्रा अधिकारी, दिनेश डिसी, मिथीला शर्मा, रामचन्द्र अधिकारी, विजय लामाको पनि मुख्य भुमिका रहेको छ ।

लक्ष्मण शेषको संगीत, कमल राईको नृत्य, गौतम श्रेश्ठको छायाँकन, रजनीनाथ पन्तको सम्पादन तथा रवि अर्यालको पटकथा तथा संवाद रहेको सो फिल्मले मोफसलका थुप्रै हलमा ५१ औं दिन मनाईसकेको छ । निर्माता ढकालका अनुसार मोफसल र च्यारिटीबाट नै लगानी उठेर फिल्मले मुनाफा कमाईसकेको छ । फिल्म पूर्वका केहि हलमा लाग्न बाँकी रहेकाले आगामी साता नचलेको हलमा चल्ने निर्माताले बताए ।

यस्तै भोली शुक्रबारबाट प्रमोद भण्डारीले निर्देशन गरेको फिल्म ‘मन पराएँ माया लाएँ’ पनि रिलिज हुनेछ । सुनिल ढकालले निर्माण गरेको सो फिल्ममा श्रीकृष्ण श्रेष्ठ, झरना थापा, शुसिल क्षेत्री र ऋचा सिंह ठकुरीको मुख्य भुमिका रहेको छ । त्यसैगरी गत शुक्रबार राजधानीमा हलमा रिलिज भएको फिल्म ‘किन लाग्छ माया’ भोली शुक्रबारबाट मोफसलका हलमा लाग्दैछ ।

राजधानीमा सन्तोषजनक व्यापार गरेको फिल्म किन लाग्छ मायाले मोफसल तताउने आश निर्माता शक्तिबल्लभ घोरासैनीले लिएका छन् । गोपालचन्द्र लामिछानेले निर्देशन गरेको सो फिल्ममा निखिल उप्रेती, राजबल्लभ कोईराला, झरना थापा, गरिमा पन्त र शंकर लामिछानेको मुख्य भुमिका रहेको छ ।

साभार : फिल्मीखबर

facebook comments:

Leave a Comment