Articles Posted on June 28th, 2012

  • remmittance

    रेमिट्यान्सलाई रोजगारीमूलक तथा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा विज्ञहरुको जोड

    वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्सलाई रोजगारीमूलक तथा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन्। आज काठमाडौमा भएको कार्यक्रममा अर्थविद् केशव आचार्यले रेमिट्यान्सबाट आएको रकम बढीमात्रामा उपभोगमा खर्च हुने गरेको भन्दै त्यसलाई लघुवित्त मार्फत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो। वैदेशिक रोजगारीबाट फर्केकाहरुको समुह निमार्ण गरी कार्यक्षमताअनुसार उद्यमशीलतामा विकास गर्नुपर्ने उहाँको भनाइ थियो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका [...]

  • ecan

    इक्यान मेला सुरु

    उच्च शिक्षाका लागि विना परामर्श विदेशमा गएर समस्या भोगिरहनु भएको छ? यदि छ भने इक्यानले राजधानीमा सुरु गरेको शैक्षिक मेलामा जानुस्, जहां तपाइले आवश्यक जानकारी र परामर्श पाउनुहुने छ। नेपाल शैक्षिक परामर्श संघद्वारा आयोजित छैठौं इक्यान मेला २०१२ विहीबारबाट काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ। मेलाको उद्देश्य नै उच्च शिक्षाका लागि विदेशमा जाने विद्यार्थीहरुलाई प्रक्रियाका बारेमा [...]

  • HTV-website-picture

    राहत वितरण

    गत फागुन १५ गते काठमाडौंको बबरमहल बम विष्फोटमा परी मृत्यु भएका धादिङका पीडित परिवारलाई सरकारले आज राहत प्रदान गरेको छ। जिल्ला प्रशासन कार्यालयले आज कार्यक्रमको आयोजना गरी पीडित परिवारलाई राहत प्रदान गरेको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले प्रति परिवार दश लाख रुपैया को चेक हस्तान्तरण गर्नुभयो। विष्फोटमा परी धादिङको पीडा गाविस वडा नम्बर [...]

  • Anugaman

    This article contains a video.

    अनुगमन

  • baburam-bhattarai

    प्रधानमन्त्रीको शैली

    संविधानसभा विघटन भएको आज एक महिना पूरा भएको छ। जेठ १४ गते सुरक्षा सम्वेदनशीलता भन्दै सरकारले उपत्यकाभर बाक्लो मात्रामा सुरक्षाकर्मी तैनाथ गरेको थियो। संविधानसभा भवन नयांवानेश्वर परिसरमा त सर्वसाधारणहरुलाई पैदल हिड्नसमेत प्रतिवन्ध लगाइएको थियो। संयोग नै मान्नुपर्छ ठीक एक महिनापछि आज असार १४ गते कीर्तिपुरमा त्यस्तै दृष्यहरु देखिए। अघिपछि फाट्ट्फुट्ट मात्रै देखिने सुरक्षाकर्मीहरु विहीवार त्रिभूवन [...]

  • Vaidhya-niti

    भारतीय हस्तक्षेपमा वृद्धि भएकाले राष्ट्रियताको सवाल प्रमुख बनेको मोहन वैद्यको भनाई

    नवगठित नेकपा माओवादीले उसैका शब्दमा भारतीय हस्तक्षेपविरुद्ध आफ्नो ध्यान केन्द्रीत गर्ने नीति लिएको छ। पहिलो केन्द्रीय समितिको बैठकबाट जनजिविका र राष्ट्रियताका पक्षमा आन्दोलन गर्ने निर्णय गरेको मोहन वैद्य नेतृत्वको माओवादीले आवश्यक परे जनयुद्धसम्म जान सकिने निर्णय पनि गरेको छ। तर, तत्काल युद्धमा जाने सम्भावना भने उसले अस्वीकार गरेको छ। क्रान्तिका बांकी कार्यभार पूरा गर्न भन्दै [...]

  • Thomas-gress

    नेपालप्रति स्विट्जरल्याण्डको कुनै राजनीतिक पूर्वाग्रह नरहेको राजदुत गेसद्वारा स्पस्ट

    नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष झलनाथ खनालसंग नेपालका लागि स्विट्जरल्याण्डका राजदुत थोमस गेसबीच भेटवार्ता भएको छ। एमाले पार्टी कार्यालय मदननगर बल्खुमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक जटिलता र समाधानका लागि चालिने कदमका बारेमा आफूले जिज्ञासा राखेको राजदूत गेसले जानकारी दिनुभयो। जवाफमा अध्यक्ष खनालले राजनीतिक दलहरुबीच छिट्टै छलफलका माध्यमबाट निकास निस्कने  उहांले बताउनुभयो। नेपालप्रति स्विट्जरल्याण्डको कुनै [...]

  • HTV-website-picture

    जनआन्दोलनका सहिद परिवार र घाइतेहरुको उचित व्यवस्थापन गर्न माग

    विभिन्न कालखण्डमा भएका जनआन्दोलनका सहिद परिवारहरुले सहिदको स्पष्ट मापदण्ड र परिभाषा निर्धारणका लागि सर्वोच्च अदालतमा जाने बताएका छन्। पछिल्लो समय सरकारले जुनसुकै प्रकृतिका हत्याहरुलाई पनि सहिदमा सूचीकृत गरेको भन्दै उनीहरुले सहिदको स्पष्ट मापदण्ड र परिभाषा निर्धारणका लागि सर्वोच्च अदालतमा निवेदन दिने बताएका हुन्। सहिदका परिवारहरुले आज राष्ट्रपति डाक्टर रामवरण यादवलाई भेटी चार पृष्ठ लामो खबरदारी [...]

  • nepali-yuwa

    नेपालको प्रतिनिधित्व गर्दै तीनजना विद्यार्थी अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा सहभागी हुने

    विभिन्न क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गर्नका लागि नेपालको प्रतिनिधित्व गर्दै तीनजना विद्यार्थी अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा सहभागी हुने भएका छन्। राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरी नोबेल एकेडेमीले आफ्ना तीन विद्यार्थी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन लागेको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, सुमेश सिवाकोटी जुलाई तीनदेखि आठसम्म चीनको सियान शहरमा हुने ग्लोबल डेभलपमेन्ट युथ [...]

  • sushil-and-mahanta

    सुशील कोइराला र महन्थ ठाकुरबीच समसामयिय राजनीतिक घटनाक्रमबारे छलफल

    राजनीतिक दलहरुबीच सहमतिका लागि पहल लिने निर्णय गरेको नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आज सत्तारुढ दल तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसंग भेटवार्ता गर्नु भएको छ। कोइराला निवास महाराजगन्जमा भएको दुई नेताबीचको भेटमा समसामयिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो। भेटमा कोइरालाले बृहत राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्नुको विकल्प नरहेको भन्दै त्यसका लागि सबै पक्ष [...]