दाङमा आज विहान भएको यातायात दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको चैलाहि ३ लमहिमा बसले मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो भने अर्का एक जना गम्भीर घाइते भएका छन्। ना ४ ख ६७०३ नम्बरको यात्रुवाहक बसले विपरित दिशाबाट गइरहेको लु ७ प ४६४२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा लालमटिया ६ मौरीघाटका २८ वर्षीय मोहन शाहीको मृत्यु भएको हो।
मोटरसाईकलमा सवार अर्का टोपबहादुर मल्ल गम्भीर घाइते भएका छन्। यस्तै साइकल दुर्घटना हुँदा थप एक जनाको मृत्यु भएको छ। घोराही तुलसिपुर सडक खण्डको सेवार खोलामा साइकल दुर्घटना हुंदा दाङ नारायणपुर ४ अम्राई निवासी १७ वर्षीय अविद चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ।
निराजन डांगी










There are currently no comments on यातायात दुर्घटनामा २ जनाको मृत्यु. Perhaps you would like to add one of your own?