फोरम लोकतान्त्रिकबाट अलग्गिएर छुट्टै पार्टी निर्माणको तयारीमा जुट्नु भएका नेता शरत्सिंह भण्डारी समूहले भोलि राजधानीमा राजनीतिक सम्मेलनको आयोजना गर्ने भएको छ। राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा नेता भण्डारीले राजनीतिक सम्मेलनले नयाँ पार्टीको नाम, विधान,रणनीति तय गर्ने जानकारी दिनुभयो। आफ्नो दलमा मधेशी , आदिवासी, जनजाति, महिला, उत्पीडित, दलित सबै बर्गको समानुपातिक प्रतिनिधित्व हुने पनि नेता भण्डारीले जानकारी दिनुभयो।
भण्डारीले एकल जातिय पहिचानका आधारमा राज्यपुर्नसंरचना गर्न नहुने बताउंदै भौगोलिक तथा सांस्कृतिक आधारमा राज्यको पुर्नसंरचना गर्नुपर्ने विषयमा समेत भोलिको सम्मेलनमा छलफल हुने बताउनुभयो। मधेस आन्दोलनको उपलब्धिलाई संस्थागत गर्नुपर्ने मधेसि दलहरु सत्ताको खेलमा लागेर मधेसि जनताको भावनामाथि कुठाराघात गरेको नेता भण्डारीको भनाइ थियो। भोली हुने राजनीतिक सम्मेलनमा देशका सत्ताइस जिल्लाका करिब २ हजार कार्यकर्ता सहभागी हुने पनि उहाले जानकारी दिनुभयो।
मिलन








There are currently no comments on राजधानीमा राजनीतिक सम्मेलनमा पार्टीको नाम, विधान, रणनीति तय गर्ने : शरत्सिंह भण्डारी. Perhaps you would like to add one of your own?