प्रधानमन्त्री परामर्शमा

Written by admin. Posted in राजनीति, विशेष

Published on June 26, 2012 with

साताव्यापी ब्राजिल भ्रमण सकेर स्वदेश फर्किए लगत्तै प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले विभिन्न राजनीतिक दल एवं नागरिक समाजका प्रतिनिधिहरुसंग परामर्श सुरु गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा नागरिक समाजका अगुबाहरु दमननाथ ढुँगाना, सिके लाल, डाक्टर पीताम्वर शर्मा, श्याम श्रेष्ठ लगायतसंग वर्तमान राजनीतिक संकटको निकासको बारेमा छलफल गर्नुभएको छ।

उनीहरुले सहमतिका साथ अघि बढ्न प्रधानमन्त्री भट्टराईलाई सुझाव दिएको बताइएको छ। प्रधानमन्त्रीले दलका नेताहरुसंग परामर्श गर्ने भनिए पनि समय अभावका कारण दलका नेताहरुसंग भने आज छलफल हुन सकेन। स्वदेश फर्केलगत्तै हिजो त्रिभुवन विमानस्थलमा कुनै पनि हालतमा राजीनामा नदिने अभिव्यक्तिका कारण प्रधानमन्त्री डाक्टर भट्टराईसंग विपक्षी दलहरु चिढिएका छन्।

facebook comments:

Leave a Comment